०८ असार २०८३, सोमबार

कोरियन भाषा परीक्षा ५ सिफ्टमा

फागुन ७, २०८०
काठमाडौं
कोरियन भाषा परीक्षा ५ सिफ्टमा

रोजगार   अनुमति   प्रणाली   (इपिएस)   सन्  २०२४  को  उत्पादनतर्फको  भाषा  परीक्षा  सोमबार (७ गते) देखि पाँच सिफ्टमा सञ्चालन गरिँदै छ । दक्षिण कोरिया उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको सङ्ख्या अपेक्षाभन्दा दोब्बर परेकाले परीक्षाको सिफ्ट सङ्ख्या बढाउनुु परेको इपिएस शाखाले जनाएको हो ।  सो शाखाका अनुसार शाखाका निर्देशक मैयाँ  कँडेलले  यस  पटक  अपेक्षाभन्दा  दोब्बर  परीक्षार्थीको  आवेदन  परेकाले  सोमबारदेखि  प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको जानकारी दिए । 

इपिएस शाखा र कोरिया मानव संसाधन विभाग (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा  आवेदन  पर्ने  अनुमानसहित  भाषा  परीक्षाको  व्यवस्थापनका  लागि  पूर्वाधार  तयार  गरेको  तर  अनुुमान  गरेभन्दा  दोब्बर  बढीको  आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ ।गोरखापत्रमा खबर छ।  

salt training

कमेन्ट गर्नुहोस्