×

NMB BANK
NIC ASIA

चोरेको पैसाले मोजमस्ती

अचम्मको ‘चोर’: होटलमा ४ ‘गलफ्रेन्ड’, डान्सबार धाउनकै लागि चोरी

काठमाडाैं | फागुन ८, २०८०

NTC
Premier Steels

कोही मान्छेले किन चोरी गर्छ ? सामान्य जवाफ आउँछ– बेरोजगारी वा आर्थिक समस्याले । कुलतमा फसेका व्यक्तिले आफ्नो उक्त आवश्यकता परिपूर्तिका लागि पनि चोरी गर्ने गरेको पाइन्छ । तर, पछिल्लो समय प्रहरीले यस्ता एक व्यक्तिलाई पक्राउ गरेको छ, जसले मोजमस्तीका लागि चोरीलाई शोख बनाएका छन् ।

Muktinath Bank

डान्सबार र रेस्टुरेन्टमा पुगेर मोजमस्ती गर्न, केटी लिएर घुम्न चोरीलाई पेशा बनाएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ का २२ वर्षीय लोकसिंह ठगुन्नालाई प्रहरीले फागुन ३ गते पक्राउ गरेर सार्वजनिक गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले २०७५ सालदेखि चोरी गरेर काठमाडौं, पोखरा, नेपालगञ्जका ठूल्ठूला डान्सबार, दोहोरी साँझ र रेस्टुरेन्टमा मोजमस्ती गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

प्रहरीले उनलाई २० लाख चोरी गरेको आरोपमा ‘अप्रेसन सी४’अन्तर्गत पक्राउ गरेको हो । काठमाडौंको एक रेस्टुरेन्टको टेबल नम्बर सी४ मा क्लु भेटिएकाले त्यही नामबाट अपरेसन चलाइएको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्रीले लोकान्तरसँग बताए ।

Vianet communication

‘हामीले अनुसन्धान गरेर उनी भएको क्लु भेट्टाउँदा एक रेस्टुरेन्टको टेबल नम्बर सी ४ मा भेटिएकाले त्यही आधारमा अपरेसनको नाम राखेका हौं,’ एसएसपी खत्रीले भने । 

उनका अनुसार माघ २८ गते राति कालिमाटीमा रहेको मनोजकुमार गुप्ताको अमन खाद्य स्टोरबाट २० लाख रुपैयाँ चोरी भएको थियो । मनोजले बिहान प्रहरीलाई खबर गरेपछि प्रहरीले त्यहाँ रहेको सीसीटीभी फूटेजका आधारमा अनुसन्धान शुरू गरेको थियो । 

‘हामीले त्यहाँ भएको सीसीटीभीमा देखिएका व्यक्तिको हुलियाका आधारमा उपत्यकामा चोरी गर्ने व्यक्तिहरूको खोजी गर्‍यौं,’ एसएसपी खत्रीले भने, ‘मोडस अपरेन्डी (आपराधिक कार्यविधि अनुसन्धान)का आधारमा खोजी गरेका थियौं ।’

प्रहरीले हुलियाका आधारमा काठमाडौंमा रहेका डान्सबार तथा रेस्टुरेन्टमा पुगेर खोजी शुरू गर्‍यो । खोजी गर्ने क्रममा एक रेस्टुरेन्टको सीसीटीभी फूटेजमा त्यस्तै हुलियाका व्यक्ति देखिए । ‘खाद्य स्टोरमा देखेको हुलिया रेस्टुरेन्टमा देखियो, त्यसैका आधारमा खोजी गरेका हौं,’ एसएसपी खत्रीले भने । 

त्यसपछि खोजी गर्दै जाँदा ती व्यक्ति काठमाडौंबाट कैलाली गएको तथ्य फेला पर्‍यो । जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा कैलालीस्थित सत्कार होटल तथा रेस्टुरेन्टको कोठा नम्बर १२० बाट ठगुन्नालाई पक्राउ गरिएको हो । प्रहरीले उनको साथबाट झण्डै १३ लाख रुपैयाँ नगद, आइफोन र रेडमी मोबाइल तथा कपडा बरामद गरेको छ । 

‘उसले काठमाडौंको बसपार्कबाट आइफोन, रेडमीको मोबाइल र १ लाख रूपैयाँको कपडा किनेको देखिन्छ,’ एसएसपी खत्रीले भने, ‘उसको साथबाट १२ लाख ९६ हजार ५६५ रुपैयाँ नगद बरामद भएको छ ।’

ठगुन्ना यसअघि चोरीकै अभियोगमा कारागार बसेर छुटेको पाइएको छ । प्रहरी वृत्त महाराजगञ्जले पक्राउ गरेर उनलाई चोरीको मुद्दा चलाएको थियो ।

उनी २०७५ मा पोखरामा पनि पक्राउ परेको ‘रेकर्ड’ फेला परेको छ । त्यतिबेला उनलाई इलाका प्रहरी कार्यालय बैदामले पक्राउ गरेको थियो ।

तत्कालीन इप्रका बैदामका प्रमुख डीएसपी नविन कार्कीका अनुसार त्यो समयमा उनले २ वटा सहकारी र मनी ट्राफन्सफरबाट २० लाख रुपैयाँ चोरी गरेका थिए ।

‘त्यो बेलामा ठगुन्ना २ वटा सहकारीबाट ९/९ लाख रुपैयाँ र मनी ट्रान्सफरबाट २ लाख चोरी गरेर फरार भएको थियो,’ डीएसपी कार्कीले लोकान्तरसँग भने, ‘त्यो पैसा काठमाडौंमा खर्च गरेर पोखरा फर्किएपछि पक्राउ गरेका थियौं ।’

पोखरा फर्किँदा उनीसँग १० लाख रुपैयाँ मात्र बाँकी थियो । ‘१० लाख रुपैयाँ काठमाडौंका डान्सबारहरूमा खर्च गरेर पोखरा फर्किएको बयान उसले दिएको थियो,’ कार्कीले भने ।

ठगुन्नाले पोखरामा २ वटा होटलमा २/२ जना युवती राखेर राखेको पाइएको छ ।

‘ती युवतीहरूसँग पालैपालो रात बिताउने गरेको अनुसन्धानमा देखिएको थियो,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरसँग भने । 

उनले ४ युवतीलाई पालैपालो महंगा डान्सबार तथा रेस्टुरेन्टमा लैजाने गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x