२५ जेठ २०८३, सोमबार
सीतापाइला घटना

सामान्य घरझगडामा श्रीमतीसहित ३ जनाको हत्या गरेर आत्महत्या !

फागुन ९, २०८०
काठमाडौं
सामान्य घरझगडामा श्रीमतीसहित ३ जनाको हत्या गरेर आत्महत्या !

काठमाडौंको सीतापाइलामा एकै परिवारका ४ जना मृत फेला परेका छन् ।

सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका घर भई ​काठमाडौंको नागार्जुन नगरपालिका ६ बस्ने ५१ वर्षीय राजु घिमिरेले छोरी, नातिनी र श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

३९ वर्षीय ईश्वरी श्रेष्ठ, उनका ८ वर्षीया छोरी अनिशा र २ वर्षीया नातिनी शिवना घरभित्रै मृत भेटिएका थिए । उनीहरूलाई घरेलु हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।​

राजुको शव भने घरभन्दा केही पर जंगलमा झुन्डिएको अवस्थामा फेला परेको थियो । स्थानीयका अनुसार राजु बुधवार बिहानसम्म घरको आसपासमै घुमिरहेका थिए ।

पारिवारिक झगडाका कारण उनले श्रीमती, छोरी र नातिनीको हत्या गरे आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले दिएको जानकारी अनुसार उनीहरूका एक छोरा भने चाउचाउ किन्न बाहिर गएकाले बाँचेका छन् । मृतक शिवनाका बुवा भने वैदेशिक रोजगारीका लागि विदेशमा छन् ।

श्रीमती, छोरी र नातिनीको हत्या गरेर राजुले उनका माइतीघरमा फोन गरेर आफूले ३ जनाको हत्या गरेको जानकारी गराएका थिए ।

अहिले घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ।

salt training

कमेन्ट गर्नुहोस्