
काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । उक्त अस्पतालको फोहर संकलनमा बुधवारदेखि रोक लगाइएको हो ।

अस्पताल अनुगमनका क्रममा स्वास्थ्य संस्थाले अबलम्बन गर्नुपर्ने मापदण्ड पालना नगरेको पाइएपछि फोहोर संकलनमा रोक लगाइएको महानगरले जनाएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वमा गएको टोलीले अनुगमन गर्दा मापदण्ड पालना नगरेको पाइएको हो ।