११ साउन २०८३, सोमबार

टाटा ईभी गाडीहरू नेपालमा लन्च नहुँदै भारतमा मूल्य समायोजन

फागुन १०, २०८०
काठमाडौं
टाटा ईभी गाडीहरू नेपालमा लन्च नहुँदै भारतमा मूल्य समायोजन

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले भारतमा मूल्य समायोजन गरिएका टाटा नेक्सन के ३ र टाटा टियागाईभी मिडियम रेञ्ज नेपालमा आउन नै बाँकी रहेको जनाएको छ । 

कम्पनीका अनुसार उक्त ईभी गाडीहरू नेपाली बजारमा सार्वजनिक गर्दा समायोजित मूल्यमा नै उपलब्ध हुनेछन् ।

टाटाका नेपाली बजारमा उपलब्ध टियागो ईभीको भेरियन्टहरूमा जम्मा १५ हजार मात्र घटेको र उक्त गाडीहरू ‘नाडा अटो शो’देखि नै ‘इन्ट्रोडक्टरी’ मूल्यमा सिप्रदीले उपलब्ध गराइरहेको छ ।​

यसबीच भारतमा मूल्य बढाउँदा पनि सिप्रदीले पुरानै मूल्यमा गाडी उपलब्ध गराएको हुनाले हाललाई टियागो ईभीको मूल्य यथावत् नै रहने छ ।

अहिले नेपाली बजारमा टाटा टियागो लङ्ग रेन्जको २५.४९ लाखदेखि २७.९९ सम्म छ भने नेपालमा सर्वाधिक रुचाइएको नेक्सन ईभी ४५.९९ लाखमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्