२३ असार २०८३, मंगलबार

'आईएमई पे'को नयाँ सुविधा : स्मार्ट हेल्थ-सुरक्षित भव’, दैनिक १ रुपैयाँमा दुर्घटना बीमा

फागुन ११, २०८०
काठमाडौं
'आईएमई पे'को नयाँ सुविधा : स्मार्ट हेल्थ-सुरक्षित भव’, दैनिक १ रुपैयाँमा दुर्घटना बीमा

'आईएमई पे'ले आईजीआई प्रुडेन्शियल इन्स्योरेन्ससँगको सहकार्यमा  'स्मार्ट हेल्थ - सुरक्षित भव' नामक नयाँ बीमा सुविधा सार्वजनिक गरेको छ ।

आईएमई पे मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बीमाअन्तर्गत बिमित व्यक्ति र परिवारलाई आकस्मिक चोटपटक वा मृत्युसम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्नेछ ।

मात्र रु ३ सय ६५  मा प्राप्त गर्न सकिने यो सेवा मार्फत उपचारको क्रममा लाग्ने दुई लाख तीस हजार रुपैयाँ सम्मको बीमा दाबी प्राप्त गर्नुका साथै बिमित व्यक्तिले आईएमई पे एपमा उपलब्ध अन्य स्वास्थ्य सेवामा पनि विभिन्न छुटहरू प्राप्त गर्न सक्ने छन् ।

यस व्यक्तिगत दुर्घटना बीमाले दुर्घटनाबाट हुने आकस्मिक मृत्यु, स्थायी असक्षमता, कुल आंशिक असक्षमता, नियमित आम्दानीमा हुने हानि, आकस्मिक चिकित्सा खर्च, शोक व्यय तथा अन्त्येष्टि खर्चहरू समेत समेटेको छ ।

डिजिटल फाइनान्सियल सर्भिसमार्फत बीमाको दायरालाई थप फराकिलो बनाउन सकिने र यो सेवा उक्त कार्यमा एउटा कोसे ढुंगा साबित हुने विश्वास लिएको 'आईएमई पे'का प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्