०२ साउन २०८३, शनिबार

फिल्मको गीतमा रोमान्टिक देखिए दयाहाङ र आँचल

फागुन १३, २०८०
काठमाडौं
फिल्मको गीतमा रोमान्टिक देखिए दयाहाङ र आँचल

रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक गरिएको छ । 

सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा फिल्मका मुख्य कलाकार अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । 

यो गीतमा एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द रचना अनि संगीतकार योगी र विज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ । गीतमा युमी बलामीको कोरियोग्राफी छ भने निर्देशक रेनेशा वान्तवा राई डिरेक्टर अफ कोरियोग्राफर हुन् । 

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ । यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ । फिल्म सोही नामको नाटकमा आधारित रहेको छ ।


बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुष्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो । दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय फिल्ममा हेर्न सकिन्छ । फिल्मले ‘किन चाउरिस मरिच आफ्नै रागले‘ भन्ने चर्चित नेपाली उखानलाई आफ्नो ट्यागलाइन बनाएको छ । 

नेपाली नयाँ वर्षमा फिल्म रिलिज हुनेछ । फिल्ममा नेमिश श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक रहेको छ । फिल्मलाई शिवराम श्रेष्ठ तथा रिले एच. शेनले खिचेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्