×

NMB BANK
NIC ASIA

नीति शाहको फिल्म ‘खजुरे ब्रो’ वैशाखमा प्रदर्शन हुने

काठमाडाैं | फागुन १३, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

मोडल नीति शाहको डेब्यु फिल्म ‘खजुरे ब्रो’ आगामी वैशाखमा प्रदर्शनमा आउने भएको छ । 

Muktinath Bank

निर्माण पक्षले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फिल्म आगामी वैशाख २८ गते प्रदर्शन हुने भएको छ । 


Advertisment
Nabil box
Kumari

पूर्वी नेपालमा ‘एथलेटिक्स’को महाकुम्भ मानिने ‘धरान रन’को १२ औं  संस्करणको अवसरमा धरानबासी दर्शकलाई साक्षी राख्दै पोस्टर सार्वजनिक गरिएको हो । ‘धरान रन’मा बोल्दै धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले आफूले पनि अभिनय गरेको र धरानमा नै छायाँकन गरिएको फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । 

Vianet communication
Laxmi Bank

सार्वजनिक पोस्टरमा प्रमुख ४ जना पात्रलाई फिल्मकै गेटअपमा प्रस्तुत गरिएको छ ।  पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन् । 

यो फिल्मको मुख्य भूमिकामा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर रहेका छन् । धरान पुगेर पोस्टर र प्रदर्शन मिति सार्वजनिक गर्दा धरानका दर्शकलाई सम्मान पुगेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए । फिल्मको छायांकनको क्रममा धरानबासीले धेरै नै सहयोग गरेको हुनाले उनीहरुलाई धन्यवाद पनि दिने उद्देश्यले धरानमै पोस्टर सार्वजनिक गरिएको मानन्धरले बताए ।

अभिनेत्री नीतिले आफ्नो डेब्यु फिल्मको सुटिङ सकेर प्रदर्शन मिति समेत सार्वजनिक हुँदा निकै खुसी लागेको बताइन् । धरानसँग आफ्नो साइनो जोडिएको र खजुरेको कथाले आफूलाई छोएकोले फिल्म ‘खजुरे ब्रो’ आफ्नो लागी विशेष रहेको लेखक तथा निर्देशक सुरज सुनुवारले बताए । फिल्मको टिमले मेयर हर्क साम्पाङ​को श्रमदान अभियानमा समेत सहयोग गरेको छ । हर्कले श्रमदानमा निर्माण गरिरहेको श्रम संस्कृति पार्कमा पुगेर औजारहरू हस्तान्तरण गरेको छ । 

उक्त अभियानमा फिल्मका निर्माता/लेखक तथा निर्देशक सुरज सुनुवार, कलाकार तथा निर्माता नवीन मानन्धर, कलाकार रेयर राई, पुष्कर कार्की तथा धरानका स्थानीय कलाकारहरूको सहभागिता रहेको थियो । 

‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित रहेको छ । यो फिल्ममा सुरज सुनुवारको लेखन तथा निर्देशन छ । फिल्ममा प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको पनि अभिनय रहेको छ । 

‘खजुरे ब्रो’ नीति शाहको डेब्यु फिल्म हो । यस्तै, फिल्ममा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय छ । 

फिल्ममा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले समेत विशेष भूमिकामा अभिनय गरेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । शिशिर बिसंखेले छायांकन गरेको फिल्ममा अनमोल गुरुङको संगीत छ । फिल्मको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् । 

दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसिएसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ । फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x