०९ साउन २०८३, शनिबार

नीति शाहको फिल्म ‘खजुरे ब्रो’ वैशाखमा प्रदर्शन हुने

फागुन १३, २०८०
काठमाडौं
नीति शाहको फिल्म ‘खजुरे ब्रो’ वैशाखमा प्रदर्शन हुने

मोडल नीति शाहको डेब्यु फिल्म ‘खजुरे ब्रो’ आगामी वैशाखमा प्रदर्शनमा आउने भएको छ । 

निर्माण पक्षले फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो । 

फिल्म आगामी वैशाख २८ गते प्रदर्शन हुने भएको छ । 

पूर्वी नेपालमा ‘एथलेटिक्स’को महाकुम्भ मानिने ‘धरान रन’को १२ औं  संस्करणको अवसरमा धरानबासी दर्शकलाई साक्षी राख्दै पोस्टर सार्वजनिक गरिएको हो । ‘धरान रन’मा बोल्दै धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले आफूले पनि अभिनय गरेको र धरानमा नै छायाँकन गरिएको फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे । 

सार्वजनिक पोस्टरमा प्रमुख ४ जना पात्रलाई फिल्मकै गेटअपमा प्रस्तुत गरिएको छ ।  पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन् । 

यो फिल्मको मुख्य भूमिकामा रेअर राई, महेश त्रिपाठी, नीति शाह, नवीन मानन्धर रहेका छन् । धरान पुगेर पोस्टर र प्रदर्शन मिति सार्वजनिक गर्दा धरानका दर्शकलाई सम्मान पुगेको कलाकार तथा निर्माता नवीन मानन्धरले बताए । फिल्मको छायांकनको क्रममा धरानबासीले धेरै नै सहयोग गरेको हुनाले उनीहरुलाई धन्यवाद पनि दिने उद्देश्यले धरानमै पोस्टर सार्वजनिक गरिएको मानन्धरले बताए ।

अभिनेत्री नीतिले आफ्नो डेब्यु फिल्मको सुटिङ सकेर प्रदर्शन मिति समेत सार्वजनिक हुँदा निकै खुसी लागेको बताइन् । धरानसँग आफ्नो साइनो जोडिएको र खजुरेको कथाले आफूलाई छोएकोले फिल्म ‘खजुरे ब्रो’ आफ्नो लागी विशेष रहेको लेखक तथा निर्देशक सुरज सुनुवारले बताए । फिल्मको टिमले मेयर हर्क साम्पाङ​को श्रमदान अभियानमा समेत सहयोग गरेको छ । हर्कले श्रमदानमा निर्माण गरिरहेको श्रम संस्कृति पार्कमा पुगेर औजारहरू हस्तान्तरण गरेको छ । 

उक्त अभियानमा फिल्मका निर्माता/लेखक तथा निर्देशक सुरज सुनुवार, कलाकार तथा निर्माता नवीन मानन्धर, कलाकार रेयर राई, पुष्कर कार्की तथा धरानका स्थानीय कलाकारहरूको सहभागिता रहेको थियो । 

‘खजुरे ब्रो’ पारिवारिक व्यङ्ग्यात्मक ‘लाइट कमेडी’ जनरामा आधारित रहेको छ । यो फिल्ममा सुरज सुनुवारको लेखन तथा निर्देशन छ । फिल्ममा प्रकाश भुजेल, विनीता थापा मगर, सुष्मा निरौला, पुष्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको पनि अभिनय रहेको छ । 

‘खजुरे ब्रो’ नीति शाहको डेब्यु फिल्म हो । यस्तै, फिल्ममा दार्जलिङ्गका कलाकार शान्तिला तामाङको पनि अभिनय छ । 

फिल्ममा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले समेत विशेष भूमिकामा अभिनय गरेका छन् । दिव्य दृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘खजुरे ब्रो’ को निर्माण नवीन मानन्धर र सुरज सुनुवारले गरेका हुन् । शिशिर बिसंखेले छायांकन गरेको फिल्ममा अनमोल गुरुङको संगीत छ । फिल्मको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर रहेका छन् । 

दिव्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा इन एसोसिएसन विथ मान्द्रो प्रोडक्सन र मल्टी प्रपोज प्रालिको रहेको छ । फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्