बैशाख ३, २०८१
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काठमाडाैं | फागुन १५, २०८०
गत माघ ९ गते सुनसरीको इनरुवाका शिवनन्दन मेहताले आफ्नो बैंक खाताबाट ९ लाख रुपैयाँ अर्कै बैंकमा ट्रान्सफर भएको म्यासेज पाए ।
उनले यस्तो म्यासेज राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको रूपमा अनुमति पाएको नेपाल क्लियरिङ हाउस अर्थात 'कनेक्ट आईपीएस'मार्फत पैसा ट्रान्सफर भएको भनेर पाएका थिए ।
आफ्नो अनुमतिविना पैसा ट्रान्सफर भएपछि उनी बैंकमा पुगे । बैंकले रकम ट्रान्सफर भइसकेकाले जुन बैंकमा ट्रान्सफर भएको हो, त्यहाँ जान सुझायो ।
उनी तत्काल पैसा ट्रान्सफर भएको बैंकमा पुगे । विडम्बना, सो बैंकबाट चेकमार्फत पैसा निकालिइसकिएको थियो । बैंकका कर्मचारीले आफूले केही गर्न नसक्ने जवाफ दिए । त्यसपछि मेहताले कनेक्ट आईपीएसलाई फोन गरे ।
कनेक्ट आईपीएसले चेकमार्फत बैंकले भुक्तानी गरिसकेको भन्दै आफूले केही गर्न नसक्ने जवाफ दियो ।
डिजिटल भुक्तानी प्रणाली सञ्चालकको अनुमति लिएको कनेक्ट आईपीएसले यस्तो गैर-जिम्मेवार जवाफ दिएपछि अहिले उनले नेपाल राष्ट्र बैंकमा उजुरी गरेका छन् ।
उनको खाताबाट कनेक्ट आईपीएस प्रयोग गरेर गैरकानूनी रूपमा ९ लाख ट्रान्सफर भएको एक महिना बित्दा पनि उनले कहीँ कतैबाट चित्त बुझ्ने जवाफ पाएका छैनन् । मेहताले लोकान्तरसँग भने, 'पैसा हराएको एक महिनासम्म मैले न्याय पाएको छैन । त्यो पैसा खोज्न म अब कहाँ जाऊँ ?'
राष्ट्र बैंकले उनको उजुरीउपर अनुसन्धान भइरहेको बताएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका एक निर्देशकले लोकान्तरसँग भने, 'कनेक्ट आईपीएस प्रयोग गरेर गैरकानूनी रूपमा रकम भुक्तानी गरिएको भन्ने उजुरी आएको छ । हामीले त्यसमा मुख्य दोषी को हो भनेर हेरिरहेका छौं ।'
उनले कनेक्ट आईपीएस कसरी ह्याक भयो, त्यसको प्राविधिक पक्षबारे पनि अध्ययन भइरहेको बताए ।
यता कनेक्ट आईपीएसका सीईओ निलेशमान सिंह प्रधानले भने केस प्रहरीमा गैसकेकाले उतैबाट छानबिन हुने बताउँदै आफू जिम्मेवारीबाट उम्कने प्रयास गरेका छन् ।
प्रधानले लोकान्तरसँग भने, 'त्यो केस प्रहरीले हेरिरहेको छ । उतैबाट छानबिन भएपछि हामीले केही गर्ने कुरै भएन ।'
आफ्नो खाताबाट ह्याक पैसा चोर्ने गिरोहले सोही कनेक्ट आईपीएसको एकाउन्टमार्फत उनको आमाको नाममा रहेको खाताबाट पटक-पटक गरी १ लाख १० हजार अनाधिकृत रूपमा अन्तै ट्रान्सफर गरेको मेहताको आरोप छ ।
त्यस्तै कनेक्ट आईपीएसकै प्रयोग गरेर राष्ट्रिय वाणिज्य बैंक वीरगञ्जको पोखरिया शाखाबाट १ करोड ३७ लाख चोरी गर्ने रोहितकुमार ओझालाई आइतवार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ । ओझा सोही बैंकमा कनिष्ठ सहायकको भूमिकामा काम गर्थे ।
प्रहरीका अनुसार उनले दक्षिण कोरियामा वैदेशिक रोजगारीका लागि गएका एक युवाको खातामा पैसा जम्मा मात्र भइरहेको, तर ननिकालिएको देखेपछि विगत ५ महिनादेखि पैसा चोर्ने योजना बनाएका थिए ।
त्यसका लागि उनले कनेक्ट आईपीएसकै कमजोरीलाई प्रयोग गरे । वैदेशिक रोजगारीमा रहेका ती युवाको नागरिकता सिस्टमबाट प्रिन्ट गरे, खातावालाको नम्बर पहिल्यैदेखि त्यहीँ थियो । अनि सिम हराएको भन्दै सोही नागरिकता प्रयोग गरेर वीरगञ्जस्थित टेलिकम शाखाबाट नयाँ सिम लिए ।
'त्यही सिमबाट कनेक्ट आईपीएसको नक्कली एकाउन्ट बनाए अनि कनेक्ट आईपीएस र बैंक एकाउन्टको पासवर्ड सोही सीममार्फत रिसेट गरेका रहेछन्,' सीआईबी स्रोतले लोकान्तरसँग भन्यो, 'अनि कनेक्ट आईपीएस प्रयोग गरेर २१ पटक गरी १ करोड ३७ लाख अर्कै एकाउन्टमा ट्रान्सफर गरियो ।'
सजिलै पासवर्ड परिवर्तन गर्न सकिने र सुरक्षाको अतिरिक्त मापदण्ड नभएको भन्दै कनेक्ट आईपीएसमार्फत हुने आर्थिक अपराधको शृंखला पछिल्लो समय बढ्दै गइरहेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार कनेक्ट आईपीएस प्रयोग गरेर हुने ठगी र गैर-कानूनी क्रियाकलापबारे परेका उजुरीहरू छानबिनका क्रममा दर्जनौंपटक कनेक्ट आईपीएसकै कर्मचारीलाई बोलाएर सोधपुछ गरिएको छ ।
'हामी उनीहरूलाई बोलाएर पटक-पटक सोधपुछ गरिरहेका हुन्छौं,' कार्यालयका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, 'जस्तो व्यक्तिलाई पनि खाता खोल्न दिएको छ । जस्तोसुकै नागरिकता र फोटो प्रयोग गरे पनि भेरिफाइ गर्दिएको छ । एउटै मान्छेले सयौं सिम किनेर फर्जी नागरिकता बनाएर आईडी खोल्ने गरेको विषयलाई उनीहरू आफैंले नियमन गर्न सक्नुपर्ने हो, तर अटेर गर्छन् ।'
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...