१९ असार २०८३, शुक्रबार

एनसेलले खुद्रा बिक्रेतालाई सशक्त बनाउन देशव्यापी कार्यक्रम गर्ने

फागुन १५, २०८०
काठमाडौं
एनसेलले खुद्रा बिक्रेतालाई सशक्त बनाउन देशव्यापी कार्यक्रम गर्ने

एनसेलले आफूसँग आबद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने व्यवसायीहरूलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम सञ्चालन गरेको घोषणा गरेको छ । आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरुप एनसेलले देशभरका खुद्रा विक्रेताहरूलाई प्रोत्साहन र पुरस्कृत गर्न एक बृहत् रिटेल इन्गेजमेन्ट प्रोग्राम लागू गरेको हो ।

यो कार्यक्रम देशभर रहेका ५० हजार बढी खुद्रा बिक्रेताहरूलाई लक्षित रहेको छ । कार्यक्रममा सहभागी हुने खुद्रा बिक्रेताहरूले सिम कार्ड र प्याकहरूको बिक्री बापत निश्चित प्वाइन्ट आर्जन गर्ने अवसर पाउँछन् ।

यसरी आर्जन गरिएको प्वाइन्टहरूको आधारमा उनीहरूले टेलिभिजन, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू सहित विभिन्न आकर्षक उपहारहरू पाउन सक्छन् ।

खुद्रा विक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूले एनसेल पसल एप मार्फत एनसेलका सेवाहरू बिक्री गर्न सक्छन् । एपमार्फत सिम र प्याकहरू बेच्ने खुद्रा बिक्रेताहरूले थप प्रोत्साहन पाउनका लागि हकदार हुन्छन् ।

कार्यक्रम अन्तर्गत राम्रो कार्य गर्ने १ हजार भन्दा बढी उत्कृष्ट खुद्रा विक्रेताहरूले विशेष उपहार वस्तुहरू प्राप्त गर्नेछन्, जसमा एक भाग्यशाली सहभागी खुद्रा बिक्रेताले कार्यक्रमको अन्त्यमा एक बाइक जित्नेछ ।

खुद्रा बिक्रेताहरूलाई सहयोग गर्नुका साथै, यो कार्यक्रम एनसेलले सेवा र सुविधाहरूको उपलब्धता सुनिश्चित गर्न र खुद्रा विक्रेताहरूलाई सहयोग प्रदान गर्न जिम्मेवार आफ्ना फिल्ड फोर्स टोलीलाई प्रोत्साहन गर्न पनि केन्द्रित छ ।

कार्यक्रममा ५ सय भन्दा बढी फिल्ड फोर्स टोली सदस्यहरू संलग्न हुनेछन् र प्रत्येक महिना १५० भन्दा बढी सदस्यहरूलाई उनीहरूको उत्कृष्ट कार्यका लागि प्रोत्साहन स्वरुप विभिन्न उपहारहरू प्रदान गरिन्छ ।

एनसेल आफ्ना च्यानल साझेदारहरूको अमूल्य योगदानको कदर गर्दछ र उनीहरूको व्यवसायिक सफलतालाई सहयोग प्रदान गर्न समर्पित रहेको एनसेलको भनाइ छ । हाल सञ्चालनमा रहेको रिटेल इन्गेजमेन्ट प्रोग्राम र अरु कार्यक्रमहरूका साथ, एनसेल आफ्नो साझेदारी सुदृढ गर्ने, पारस्परिक समृद्धिका लागि काम गर्ने र आफ्ना ग्राहकहरूलाई निरन्तर गुणस्तरिय सेवा प्रदान गर्ने लक्ष्यका साथ कार्य गरिरहेको एनसेल बताउँछ ।

ग्राहकको सेवा अनुभवलाई सुधार गर्न एनसेलले नेटवर्कमा निरन्तर लगानी गरिरहेको छ र ग्राहकहरूलाई कनेक्टिभिटीको पहुँचको लाभ सुनिश्चित गर्न आकर्षक अफरहरू ल्याइरहेको छ । उदाहरणका लागि, एनसेलले हालैमात्र कर सहित रु. १५० देखि सुरु हुने तीनवटा डबल मजा प्याक ल्याएको छ । यस प्याक अन्तर्गत प्याकको समयसीमा समाप्त हुनु अघि ग्राहकहरूले फेरी सोही प्याक खरिद गरेमा प्रत्येक पटकको पुनः खरिदमा बोनस स्वरुप डबल डेटाको लाभ लिन सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्