१२ असार २०८३, शुक्रबार

महोत्तरीको गौशालामा ग्लोबल आईएमई बैंकको नयाँ शाखा

फागुन १८, २०८०
काठमाडौं
महोत्तरीको गौशालामा ग्लोबल आईएमई बैंकको नयाँ शाखा

ग्लोबल आईएमई बैंक लिमिटेडले महोत्तरीको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गौशाला शाखाबाट बिहीवारदेखि नै बैंकिङ्ग सेवा शुरू भइसकेको छ ।

बैंक मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकको नयाँ शाखा कार्यालय सञ्चालनसँगै ३५६ शाखा कार्यालय, ३७९ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा पुगेको छ ।

यस्तै, बैंकका ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढी सेवा केन्द्र छन् ।

salt training

कमेन्ट गर्नुहोस्