०४ साउन २०८३, सोमबार

सिप्रदीको टाटा गुरु फिट एण्ड हिट डबल धमाका : अब अन्तिम एक महिना बाँकी

फागुन १८, २०८०
काठमाडौं
सिप्रदीको टाटा गुरु फिट एण्ड हिट डबल धमाका : अब अन्तिम एक महिना बाँकी

टाटा गुरुहरूका लागि ‘फिट एण्ड हिट डबल धमाका’ कार्यक्रम सञ्चालन भइरहेको छ ।

टाटा जेन्युइन पाट्र्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्राइभेट लिमिटेडले १ जनवरी २०२४ बाट कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

कार्यक्रमको पहिलो महिनामा टाटाका जेन्युन् ब्रेक लाइनिङ्ग, क्लच प्रेसर प्लेट, र ड्युराफिटका केही सामानहरूमा टाटा गुरुहरूले प्राप्त गर्दै आएको प्वाइन्ट डबल गरिएको थियो ।

उक्त कार्यक्रममा सीमित पार्टसहरूमा मात्र अफर प्रदान गरिएकोमा यही १ फेब्रुअरी २०२४ देखि ३१ मार्च २०२४ सम्मको लागि सबै टाटा जेन्युन् पार्टस्, टाटा मोटर्स जेन्युन् आयल र ड्युराफिट पार्टसहरूमा लागू गरिएको छ ।

टाटा गुरुहरूले आफूले प्राप्त गर्ने प्वाइन्ट डवल हुने हुँदा प्राप्त प्वाइन्टहरू जम्मा पारी छिट्टै आफूलाई आवश्यक सामानहरू लिन सक्नेछन् ।

अब यस कार्यक्रमको अन्तिम महिनामा धेरै भन्दा धेरै टाटा गुरुहरू सहभागी भई भरपूर फाइदा उठाउन हुन कम्पनीले अनुरोध गरेको छ ।

यस कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहक सेवालाई सरल र सर्वसुलभ बनाउनु रहेको कम्पनीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्