०९ साउन २०८३, शनिबार

कर्मचारीप्रतिको धरपकडले बैंकिङ क्षेत्र त्रसित र भयभीत छ : सीबीफीन

फागुन १८, २०८०
काठमाडौं
कर्मचारीप्रतिको धरपकडले बैंकिङ क्षेत्र त्रसित र भयभीत छ : सीबीफीन

​​​​बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले कर्जा दुरुपयोगको विषयलाई लिएर बैंकका कर्मचारी पक्राउ पर्दा समग्र बैंकिङ क्षेत्र त्रसित र भयभीत बन्न पुगेको बताएको छ ।​​

सीबीफीनले आज एक विज्ञप्ति जारी गर्दै धितो र कर्जा प्रवाहका विषयमा प्रचलित नियम तथा अन्तर्राष्ट्रिय बैंकिङ अभ्यासबारे गहिरो अध्ययन एवं जानकारीबिनै बैंकरमाथि धरपकड भएको आरोपसमेत लगाएको छ ।

'धितो र कर्जा प्रवाहका विषयमा सतही जानकारीका आधारमा कुनै पेसाकर्मीलाई दोषी करार भए जसरी नै नियन्त्रण लिइनुले समग्र बैंकिङ क्षेत्र त्रसित र भयभीत बनेको छ भने समग्र लगानीकर्ता समेत सोचमग्न बनेका छन्', परिसङ्घले विज्ञप्तिमार्फत भनेको छ, 'समग्र अर्थतन्त्रमा नै महत्वपूर्ण टेवा पुर्‍याइरहेका बैंकिङ क्षेत्रका कर्मचारीमा परेको मनोवैज्ञानिक सन्त्रासले भोलि राष्ट्रकै भविष्यमा पर्ने असरप्रति गम्भीर बनिदिन आग्रह गर्दछौं ।'

बैंक तथा वित्तीय संस्थाका गतिविधि नियामक नेपाल राष्ट्र बैंकको सुक्ष्म निगरानीमा रहने हुँदा बैंकभित्र कुनै पनि बदमासी भए तत्काल राष्ट्र बैंकले कारबाही गर्ने गरेको सीबीफीनको दाबी छ ।

'कर्जा प्रवाह गर्दा व्यक्तिगत लाभ हुने र बैंकलाई नोक्सानी हुने गरी बदमासी गर्ने सम्बद्ध व्यक्तिहरूलाई प्रचलित कानूनअनुसार कारबाही हुनुपर्दछ र हुँदै आएको पनि छ', उसले विज्ञप्तिमा भनेको छ, 'व्यावसायिक/व्यापारिक कर्जा, पूर्वाधार तथा विकास निर्माणको आयोजनामा ऋण लगानी गर्दा उक्त परियोजनाको सम्भाव्यता, लागत, परियोजनासँग रहेको धितो सम्पत्ति, मौज्दात, आसामीसँग लिनुपर्ने/उठाउनुपर्ने रकम र सम्भावित आम्दानीसम्मलाई मध्यनजर गरेर ऋण लगानी हुने गरेको तथ्य जग जाहेर नै छ ।'

salt training

कमेन्ट गर्नुहोस्