२८ असार २०८३, आइतबार

फेरि बढ्न थाल्यो सुनको मूल्य

फागुन २१, २०८०
काठमाडौं
फेरि बढ्न थाल्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ ।  एक महिनाअघिदेखि घट्दै गएको सुनको मूल्य अहिले आएर पुनः बढ्न थालेको हो । आइतबार सुनको मूल्य बढेर प्रतितोला एक लाख २१ हजार रुपियाँमा कारोबार भएको छ । 

गत शुक्रबार प्रतितोला एक लाख १९ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य बढेर एक लाख २१ हजार पुगेको हो । फागुन ३ मा तोलाको एक लाख १६ हजार पाँच सय रुपियाँ रहेको सुनको मूल्य १७ दिनपछि आइतबार एक लाख २१ हजार रुपियाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । १७ दिनमा सुनको मूल्य तोलामा पाँच हजार पाँच सय रुपियाँ बढेको छ । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्