×

NMB BANK
NIC ASIA

त्रिशंकु संसदमा १० सीटको सामर्थ्य

नयाँ गठबन्धनमा माधव नेपाललाई लाभांंश– उधारो प्रधानमन्त्री कि नगद दुई मन्त्री ?

काठमाडाैं | फागुन २८, २०८०

NTC
Premier Steels

‘नेपाली राजनीतिको नाडी हामीले पनि छामेका छौं र छाम्दै यहाँसम्म आइपुगेका छौं,’ २०७९ चैत ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने क्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भनेका थिए । सन्दर्भ थियो, पुस २६ र चैत ६ मा जस्तै प्रचण्डले फेरि वैशाखमा विश्वासको मत लिने अवस्था आउँछ कि भन्ने ? 

Muktinath Bank

‘फेरि वैशाखको अर्को हप्तामा विश्वासको मत लिनुपर्ने त होइन, भन्ने कुरा उठेको छ । यो आशंका गर्नु अस्वाभाविक होइन, तर त्यो अवस्था आउँदैन । यो गठबन्धन ५ वर्ष नै टिक्छ । नेपालको राजनीतिक यात्रा कस्तो हुन्छ भन्ने हेक्का मलाई पनि छ । हाम्रो घटकहरूसँगको सहकार्यलाई हेर्दा यो टिकाउ हुन्छ भन्ने विश्वास छ,’ अध्यक्ष नेपालले भनेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजनीतिको नाडी छाम्न सिपालु रहेको दाबी गर्ने ‘राजनीतिक वैद्य’ अध्यक्ष नेपाल २०८० फागुन २० र २१ मा घटेको घटनामा पूरै अनभिज्ञ रहे । कांग्रेससँग सहकार्य तोडेर एमालेसँग सहकार्यको सहमति ड्राफ्ट भएपछि मात्र माधव नेपालले त्यसको सुइँको पाए ।


Advertisment
Nabil box
Kumari

आफूसँग सल्लाह नगरी गठबन्धन तोडेकोमा रुष्ट बनेका माधव नेपाललाई फकाउन प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वर बालकुमारीस्थित निवासमा पुगे । नेकपाकालमा ओलीविरुद्ध संघर्ष गर्न खडा भएको प्रचण्ड र नेपाल मोर्चा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलासम्म कायम रहेको थियो । 

Vianet communication

तर, यसपटक आफूलाई संकेत नगरी गठबन्धन तोडेकोमा प्रचण्डसँग नेपाल फायर भएका थिए । 

बालकुमारीमा त्यस दिन के भएको थियो ? 

एमाले, माओवादी, रास्वपा र जसपाबीच भएको ८ बुँदे सम्झौतामा हस्ताक्षर गरेर फागुन २१ गते प्रचण्ड नेपाललाई भेट्न गएका थिए । त्यसको भोलिपल्ट फेरि प्रचण्ड नेपाल निवास पुगे । सो दिन प्रचण्ड एक्लै गएनन्, एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुगे, स्वास्थ्य लाभको कामना गर्न । 

माधव नेपालको निवासमा ओली र प्रचण्ड

पछिल्लो तीन वर्षयता तिक्ततापूर्ण सम्बन्ध बिर्सेर माधव नेपालको घरमा पुग्नु वामपन्थी राजनीतिक वृत्तमा असाधारण घटना हो । असार २८ को परमादेशका कारण बालुवाटारबाट बालकोट पुगेपछि ओलीले नेपालविरुद्ध निम्नस्तरको कमेन्ट गरेका थिए । अन्य नेतालाई क्षमा गरे पनि माधव नेपाललाई नहुने घोषणा ओलीको थियो ।

प्रतिनिधि सभामा १० सीट भएपनि संसद्को अंकगणितमा त्यो १० अंकको ठूलो महत्त्व छ । त्यसैले विगतको कटुता बिर्सेर ओली नेपालको घर पुगे, धेरै वर्षको अन्तरालमा । दुई घण्टा लामो वार्तामा भविष्यमा कसरी अगाडि बढ्ने भन्ने मार्गचित्र समेत बनेको सम्बद्ध स्रोतहरू बताउँछन् ।

माधव नेपालनिकट नेकपा एसका नेता सोमप्रसाद पाण्डे ‘आवश्यक परेको बेला जसले पनि नेतृत्व गर्ने’गरी तीन नेताबीच सहमति जुटेको बताउँछन् । नेकपा एसको अरू स्रोतचाहिँ प्रतिनिधि सभाको यही कार्यकालमा माधव नेपाललाई छोटो समय भएपनि प्रधानमन्त्री बनाउने सहमति भएको दाबी गर्छन् । 

यद्यपि, पाण्डेले ठ्याक्कै पदमा भागबण्डा नभएको बताए । यसअघि कांग्रेस–माओवादीसहितको गठबन्धन बन्ने बेला माधव नेपाल एक वर्ष प्रधानमन्त्री बन्ने भद्र सहमति भएको थियो । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले केही साताअगाडि मात्र नेपाललाई प्रधानमन्त्री बनाउने सहमति भएको खुलासा गरेका थिए । 

फागुन २१ गतेको गठबन्धनबाट शुरूमा असन्तुष्ट नेपाललाई पकाउन फागुन २३ गते कांग्रेस सभापति शेरबहादुर देउवा नेपालको निवासमा पुगे । सत्ता गुमेको पीडाबाट आक्रान्त देउवाले माधव नेपाललाई प्रधानमन्त्रीको अफर गरेर वैकल्पिक गठबन्धन बनाउन कोशिश गरे । 

फागुन २३ गते सचिवालय बैठकबाट माधव नेपालले ‘सरकारमा जान हतार पनि नगर्ने, ढिलो पनि नगर्ने’ आशयको निर्णय गराए । प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्न आफ्नै नेतृत्वमा तीन सदस्यीय वार्ता टोली बनाएका नेपाल बालुवाटार पुगे । 

बालुवाटारमा ओली र प्रचण्डसँग वार्ता गरेर नेपालले नगदै दुई मन्त्री लिए, उधारो प्रधानमन्त्रीको वाचासहित । दिउँसोसम्म सरकारमा सहभागिताबारे ठोस निर्णय नगरेको नेकपा एस साँझ साढे ७ बजे सरकारमा सहभागी भयो । 

‘तीन नेताबीच माधव नेपालको व्यवस्थापन सम्बन्धमा कुनै न कुनै समझदारी भएको होला, नत्र त्यति छिट्टै कन्भिन्स नहुनुपर्ने हो,’ नेकपा माओवादी केन्द्रका एक नेताले लोकान्तरसँग भने । 

ओलीको अर्कै योजना 

नयाँ बनेको गठबन्धनमा नेकपा एस समेत सहभागी भएपछि एमाले अध्यक्ष ओली र नेता नेपालबीच शनिवार एक्लाएक्लै छलफल भयो । सिंहदरबार गेटनजिकको बसेरा होटलमा भएको छलफलमा सम्बन्ध सुधार गरेर अगाडि बढ्ने कुराकानी भएको एमाले स्रोत बताउँछ । 

आइतबार शीतलनिवासमा ओली-माधव

२०७८ भदौमा भएको पार्टी विभाजनको असर २०७९ मंसिरको चुनावमा एमालेले ब्यहोर्नुपर्‍यो । कांग्रेस–माओवादीसहितको सत्ता गठबन्धनको सामना गर्दा एमाले दोस्रो पार्टी बन्न पुग्यो । ‘पपुलर भोट’मा कांग्रेसभन्दा माथि रहे पनि सीट संख्या घट्यो । एमाले विभाजन नभएको भए गठबन्धनसँग चुनाव लड्दा पनि पहिलो दल बन्ने अवस्था रहेको एमालेको मूल्यांकन छ । 

विगतका तीतामीठा बिर्सेर एमाले र नेकपा एसका दोस्रो तहका नेताहरू पार्टी मिलाउनुपर्ने अभियानमा लागेका छन् । नेकपा एसभित्र झलनाथ खनाल, राजकुमारी झाँक्रीलगायत नेताहरू पार्टी एकताको पक्षमा छन् । मुकुन्द न्यौपाने, चूडामणि जंगली लगायतका नेता त एमाले फर्किसकेका छन् । 

अध्यक्ष ओली पनि माधव नेपालसहितका १० सांसदलाई ल्याउनेगरी पार्टी एकीकरण गरेर संसद्मा एमालेलाई पहिलो दल बनाउने योजनामा देखिन्छन् । प्रतिनिधि सभामा अहिले कांग्रेसका ८८ र एमालेका ७८ सांसद छन् । माधव नेपालको १० र निकट भविष्यमा इलाममा हुन लागेको उपनिर्वाचनमार्फत १ सीट थप्दा कांग्रेसभन्दा ठूलो दल बन्न सकिने हिसाब एमाले नेताहरूको छ । आवश्यक पर्दा स्वतन्त्र रहेका योगेन्द्र मण्डललाई पनि पार्टीमा ल्याउन सकिने एमालेको विश्लेषण छ । 

तर, यसका लागि माधव नेपालले पनि आफ्नो व्यवस्थापनको सुनिश्चितता खोजेका छन् । गत वर्ष फागुनमा ओलीले राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गर्दा माधव नेपालले सक्रिय राजनीति गर्ने बताएका थिए । सक्रिय राजनीतिको भोक नमेटिएका कारण माधव नेपालले झण्डै ७० वर्षको उमेरमा पनि पार्टी विभाजनको जोखिम मोलेका थिए । 

नेकपा एसका नेता पाण्डेले पार्टी एकताबारे कुरा नभए पनि वामपन्थी एकता गरेर जाने सहमति भएको बताए । जे होस्, यो गठबन्धन ओली र नेपाल दुवैका लागि सम्बन्ध सुधारको आधार बनेको छ । सम्बन्ध साँच्चै सुध्रिएर एकतासम्मै पुग्छ कि फेरि कुरा बिग्रिन्छ, त्यो भने अहिले नै यकिन भइसकेको छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

बैशाख २४, २०८१

नेकपा एमालेसँग मिलेर नयाँ समीकरण बनाउने प्रयास भइरहेका बेला भित्रभित्रै वैकल्पिक गठबन्धनका लागि पनि प्रयास गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा फेरि एकपटक चिप्लिएका छन् ।  देउवाले एमालेसँ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x