०८ असार २०८३, सोमबार

लोप हुँदै मान्छेको मित्र किराफट्याङ्ग्रा

चैत ६, २०८०
काठमाडौं
लोप हुँदै मान्छेको मित्र किराफट्याङ्ग्रा

अन्न उत्पादन बढाउने र फूलको परागसेचन गराउन मुख्य भूमिका निर्वाह गर्ने किराफट्याङ्ग्राको सङ्ख्यामा  कमी  आएको  छ  ।  मानव  जीवनसँग  निकट सम्बन्ध राख्ने किराफट्याङ्ग्रा घट्दा त्यसले विश्वव्यापी रूपमा असर पार्ने भएकाले समयमै सचेत हुन खोजकर्ताले अनुरोध गरेका छन् । 

लामो  समयदेखि  युरोप  र  अमेरिकामा  किरा  कसरी लोप भइरहेको छ भन्नेबारे अध्ययन भए पनि अफ्रिका, दक्षिण अमेरिका र एसियाका धेरै क्षेत्रमा भने किरा लोप भएका बारे कमै अध्ययन भएको छ । नेपालमा पनि किरा लोप भएको बारेमा सरकारी स्तरबाट धेरै खोज हुन सकेको छैन तर त्यसको असर भने किसानलाई पर्न थालेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्