२६ असार २०८३, शुक्रबार

अर्थमन्त्री पुनले भने– मविरुद्धका समाचार कपोलकल्पित र भ्रमपूर्ण

चैत ६, २०८०
काठमाडौं
अर्थमन्त्री पुनले भने– मविरुद्धका समाचार कपोलकल्पित र भ्रमपूर्ण

अर्थमन्त्री वर्षमान पुनले लोकान्तर डट्कममा प्रकाशित समाचारको खण्डन गरेका छन् । 

फागुन ३० गते प्रकाशित ‘विवादको भुमरीमा अर्थमन्त्री, वर्षमानको जोडबलमा सुन तस्करलाई छुटाउन हतारो’ शीर्षकमा प्रकाशित समाचारको शीर्षक र सोसँग सम्बन्धित अन्तरवस्तुहरू कपोलकल्पित र भ्रमपूर्ण रहेको दाबी गरेका हुन् । 

त्यस्तो समाचारले नेपालको राजनीतिक परिवर्तनमा खेलेको महत्त्वपूर्ण योगदानको अवमूल्यन भएको जिकिर पुनले गरेका छन् ।

सुन तस्करी प्रकरणमा अर्थमन्त्री पुनको संलग्नता सम्बन्धमा अधिकारप्राप्त निकायबाट कुनै सोधपुछसम्म नगरेको अवस्था रहेको पुनको तर्फबाट अधिकारप्राप्त प्रतिनिधि भूपालराज शाक्यले दाबी गरेका छन् । 

समाचारको कारण अर्थमन्त्रीको विगतको स्वच्छ छवि, तथा नेपालको राजनीतिक परिवर्तनमा खेलेको महत्त्वपूर्ण योगदानको अवमूल्यन भएको जिकिर शाक्यको छ ।​

salt training

कमेन्ट गर्नुहोस्