
नेपालका लागि जापानी राजदूतावासका मिसन उपप्रमुख टकाहिरो तमुराले वीरगञ्ज परवानीपुरमा अवस्थित केएनपी जापान प्रालिको फ्याक्ट्रीको अवलोकन भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा तमुराले फ्याक्ट्रीको उच्च प्रविधियुक्त उत्पादन प्लान्टको तारिफ गरेका कम्पनीले जनाएको छ ।
केएनपी जापानले सिसारहित न्यून भीओसी भएको पेन्ट्स उत्पादन गर्दै आएको छ ।
स्वस्थ पेन्टको महत्त्व दर्साउने काम गरेकोमा उनले प्रशंसा गरेका थिए।