२९ असार २०८३, सोमबार

६ दशमलव २६ अंकले घट्यो नेप्से

चैत १९, २०८०
काठमाडौं
६ दशमलव २६ अंकले घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव २६ अङ्कले ओरालो लागेको छ ।

आजको कारोबारमा परिसूचक शून्य दशमलव  ३१ प्रतिशतले घटेर दुई हजार १२ दशमलव  ०७ अङ्कमा सीमित भएको छ ।

आज विभिन्न कम्पनीका ७२ लाख ९० हजार दुई सय कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा रु दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार तीन सय पाँच दशमलव  ७५ मा कारोबार भएका छन् ।

आजको कारोबारमा होटल र पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशत र ट्रेडिङ समूहको उपसूचक शून्य दशमलव २० प्रतिशतले बढेको छ ।

साथै बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ ।​​

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ४४ प्रतिशतले बढेको छ ।

कमेन्ट गर्नुहोस्