×

NMB BANK
NIC ASIA

लहरो तान्दा पहरो थर्किने संकेत

अख्तियारलाई प्राविधिक भुलभुलैयामा पार्दै सुनिल र विकल, एक दर्जन हाई–प्रोफाइलको नाम पोले

अमेरिका गएका विकलको नेपाली पासपोर्टमा जर्मनीको भिसा, सुनिलको पनि विदेशी बैंकमा प्रशस्त पैसा

काठमाडाैं | चैत २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गैरकानूनी सम्पत्ति आर्जन मुद्दामा अनुसन्धानको क्रममा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेलले अनुसन्धानमा सहयोग नगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई थप प्रमाण संकलन गर्न हम्मेहम्मे परेको छ । बरामद भएका विद्युतीय उपकरणको युजरनेम र पासवर्ड नखुलाउँदा समेत अनुसन्धान सम्पन्न हुनमा ढिलाइ भएको हो ।

Muktinath Bank

'केही ल्यापटप, मोबाइल तथा सामाजिक सञ्जालका युजरनेम र पासवर्ड पौडेलद्वयले अनुसन्धान अधिकारीसमक्ष खुलाए पनि बरामद भएका अन्य केही ल्यापटप, मोबाइल तथा हार्डडिस्कसहित सामाजिक सञ्जालको युजरनेम तथा पासवर्ड खुलाएका छैनन्,' स्रोतले लोकान्तरसँग भन्यो, 'तैपनि अख्तियारले ती सिस्टम क्र्याक गर्न सफल भएको छ । पौडेलद्वयबीच सामाजिक सञ्जाल तथा विभिन्न एप्समा भएको संवादले समेत उनीहरूबीच विभिन्न सौदाबाजी भएको तथ्य फेला परेको छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीहरूका विषयमा विदेशस्थित निकाय, स्वदेशकै विभिन्न निकाय र गैरकानूनी सम्पत्ति आर्जनको विषयमा विभिन्न व्यक्तिको समेत क्रसकटिङ अनुसन्धान गर्नुपर्ने हुनाले अनुसन्धान थप जटिल बन्दै गएको अख्तियार स्रोतले बतायो ।


Advertisment
Nabil box
Kumari

सुनिलको घरबाट  अख्तियारले ३ थान ल्यापटप, ५ थान मोबाइल र ४ वटा हार्डडिस्क बरामद गरेको थियो । त्यसमध्ये सुनिलले २ वटा ल्यापटप र एउटा मोबाइलको मात्र युजरनेम र पासवर्ड  अख्तियारलाई दिएका थिए । बाँकीको पासवर्ड नदिएपछि अख्तियारले प्रविधि प्रयोग गरेर त्यो क्र्याक गराउन सफल भएको छ ।

Vianet communication
Laxmi Bank

'सुनिल पौडेल सूचना प्रविधिका विज्ञ नै हुन् । सोही विषयमा कलेजमा समेत अध्यापन गराउने गरेकाले उनले आफ्ना हार्ड डिस्कहरूमा अत्यन्त प्रबल 'बिट लकर टाइप'को पासवर्ड राखेको हुनाले अख्तियारलाई पनि उक्त पासवर्ड क्र्याक गर्न हम्मेहम्मे भएको थियो,' स्रोतले लोकान्तरसँग भन्यो, 'सुनिलले आफ्ना जिमेललागयतका अन्य इमेल तथा आइक्लाउडमार्फत विभिन्न व्यक्तिहरूसँग विभिन्न गैरकानूनी सौदाबाजी गरेको तथ्य र प्रमाण अख्तियारले फेला पारेको छ ।'

त्यति मात्र होइन, सुनिलको डिजिटल फरेन्सिक परीक्षण प्रतिवेदनबाट अख्तियारले  विकलको विवरण समेत प्राप्त गर्न सफल भएको हो । उनीहरूले प्राविधिक भुलभुलैयामै पार्न खोज्दा अनुसन्धानमा समय लागेको छ ।

अख्तियारले सुनिल पौडेलसँग बयान लिनुका साथै उनका सहोदर दाजु अनिल पौडेलसँग पनि बयान लिएको छ । माघ १५ गते सुनिलका दाजु अनिलको बयान लिइएको भएपनि सुनिलको बयान भने निरन्तर जारी नै राखेको थियो । त्यसबाहेक अख्तियारले सुनिलका अन्य आफन्तहरूको पनि बयान लिएको छ ।

त्यसैगरी अख्तियारले विकलको घरबाट २ वटा मोबाइल, एउटा ल्यापटप र एउटा हार्डडिस्क बरामद गरेको थियो, जसमध्ये विकलले एउटा मोबाइल, एउटा ल्यापटपको युजरनेम र पासवर्ड उपलब्ध गराएनन् ।

'विकलले सिम प्रयोग नगरेको मोबाइलको पासवर्ड दिए पनि २ वटा सिम प्रयोग गर्ने मोबाइलको पासवर्ड दिएका थिएनन्,' स्रोतले थप्यो, 'विकलको नेपाली पासपोर्टमा जर्मन भिसा लागेको भएपनि विकलसँग अख्तियारले गरेको बयान र अन्य प्रमाणबाट उनी अमेरिकामा समेत पुगेको पाइएको छ ।'

उनीहरूले पासवर्ड नदिएर असहयोग गरे पनि अख्तियारले बरामद भएका ल्यापटप र मोबाइल परीक्षणका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो । त्यहाँबाट परीक्षण भएर अख्तियारले प्राप्त गरेको प्रतिवेदनमा पौडेलद्वयले गैरकानूनीरूपमा सम्पत्ति आर्जन गरेको तथ्यहरू देखिएको छ ।

'परीक्षण गरिएका विद्युतीय उपकरणहरूको लिंक उनीहरूको  व्यक्तिगत इमेलसँग रहेको र ती इमेलहरूमा आर्थिक कारोबार, लेनदेन भएको अनुसन्धानको क्रममा खुले पनि उनीहरूको व्यक्तिगत इमेलको ठेगानामा पहुँच प्राप्त हुन बाँकी छ,' स्रोतले लोकान्तरसँग भन्यो ।

एक पूर्व प्रधानमन्त्रीको परिवारका सदस्य, दुई पूर्वमन्त्री, वर्तमान मुख्यसचिव, एक पूर्व प्रहरी प्रमुखसहितका हाई-प्रोफाइलको नाम समेत उनीहरूले पोलेकाले यीमध्ये केहीसँग बयान समेत लिइसकिएको विश्वस्त स्रोतले लोकान्तरलाई जानकारी दियो ।

विकलका विद्युतीय उपकरणहरूमा रहेका आइक्लाउड, व्हाट्सएप, रोबिनहुड मार्केट्स, सिग्नल एप्स, जेल्ले एप्स, भेन्मो एप, अमेरिकन एक्सप्रेस लगायतका एप्लिकेसन रहेको पासवर्ड/पिन उपलब्ध नगराएकाले अनुसन्धानमा ढिलाई भएको छ ।

विकल पटक-पटक अमेरिका आवतजावत गरेको ट्राभल एजेन्सीहरूबाट प्राप्त  विवरणबाट देखिएता पनि उनको अमेरिकाको भिसा लागेको नेपालको पासपोर्ट नदेखिएकाले निजको अमेरिकन पासपोर्ट हुनसक्ने अख्तियारको आशंका छ ।

'विकल पौडेलको धेरै स्वदेशी र विदेशीसँग सम्बन्ध देखिएकाले मतियारको रूपमा अन्य विभिन्न व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा ल्याउने काम भएको हो,' स्रोतले खुलायो ।

विकल पौडेलले विदेशी राष्ट्र अमेरिकाको कानूनी स्थायी आवासीय अनुमतिपत्र  लिए‌र अमेरिकामा घरजग्गा खरिद गरेको कुरा पुष्टि भएको छ । उनको श्रीमती, छोराछोरी, सासूससुरा, सालासहितको परिवार पनि अमेरिकामै बसोवास गर्दैआएका छन् ।

अख्तियारको अनुरोधमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमले पारस्परिक कानूनी सहायताका लागि अमेरिका, सिंगापुरसहित देशका सरकारी निकायलाई पत्राचार गरेका हुन् ।

ओभरसिज बैंक लिमिटेडमा विकल पौडेलको खातामा रहेको रकम तथा बैंक स्टेटमेन्ट, विकलसहित उनका आफन्तहरू एलिना बस्नेत, अक्षज पौडेल, श्रीदा पौडेलसहितको नाममा खोलिएको बैंक खातामा रहेको रकम तथा बैंक स्टेटमेन्ट माग गरिएको छ ।

अमेरिकाको  डिपार्टमेन्ट अफ जस्टिसले २६ सेप्टेम्बर २०२३ मा गौतमलाई जवाफ समेत दिएको छ ।

हेर्नुहोस्, अमेरिकी निकायसँग माग गरिएको विवरण र जवाफ:

nullnull 

पौडेल परिवारको नाममा अमेरिकामा रहेको घरको ठेगानासहितको विवरण प्राप्त भएको छ । ६३७० टुलिपवुड, जेम्सभिले, एनवाई १३०७८ मा विकल परिवारको घर रहेको अमेरिकाको उक्त सरकारी निकायले दिएको जवाफमा उल्लेख छ ।

आंशिक जवाफ दिइएको र बाँकी विवरण पछि पठाउने भन्दै अमेरिकी सरकारी निकायले नेपाल सरकारको कानून मन्त्रालयलाई जवाफ पठाएको छ ।

परिवारका सबै सदस्यसहित विकल अमेरिकामै बसोवास गरिरहेको अवस्थामा उनले विदेशमा क्रिप्टोकरेन्सी, शेयर र गोल्डमा लगानी गरेको अनुसन्धानबाट खुलेको छ ।

विकलले विदेशी मुलुकहरू सिंगापुर र अमेरिकामा बैंक खाता खोली अवैध रकम जम्मा गरेको तथ्य खुलेको छ ।

विकलको चलअचल सम्पत्ति विदेशी मुलुकमा रहेको अनुसन्धानबाट देखिएपछि पारस्परिक कानूनी सहायतामा‌र्फत ती मुलुकका सरकारी निकाय, बैंक तथा वित्तीय संस्था र शेयर कारोबारसँग सम्बद्ध संस्थाहरूबाट समेत अख्तियारले विवरण माग गरेकोमा केही आए पनि धेरै आउन बाँकी रहेको स्रोतले खुलायो ।

अख्तियारले गैरकानूनी सम्पत्ति आर्जनजस्तो अन्तरसम्बन्धित विषयमा अनुसन्धान गरिरहेकाले बढी समय लागेको हो । विकलले पारिवारिक सदस्य, नातागोता र अन्य व्यक्तिका नाममा चलअचल सम्पत्ति राखेको हुँदा ती व्यक्तिहरूको समेत आयव्ययसँग सम्बन्धित कारोबारबारे अख्तियारले अनुसन्धान गरिरहेको छ ।

सुनिलको पनि विदेशी बैंकमा प्रशस्त रकम

सुनिलबाट बरामद भएका विद्युतीय उपकरणमा रहेका डकुमेन्ट, म्यासेज तथा च्याटहरूको अध्ययनबाट समेत सुनिलले गैरकानूनी सम्पत्ति आर्जन गरेको विभिन्न तथ्यहरू अख्तियारले फेला पारेको छ ।

'सुनिलको व्यक्तिगत इमेल, आइक्लाउड तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा रहेको तथ्यबाट समेत केही प्रमाणहरू फेला परेको हो,' स्रोतले थप्यो, 'सुनिलले आफ्नो व्यक्तिगत इमेल, आइक्लाउड तथा सामाजिक सञ्जालका पासवर्ड अख्तियारलाई उपलब्ध नगराए पनि अख्तियारले प्रविधिको प्रयोग गरी ती सबै विवरण क्र्याक गरेपछि उक्त तथ्य खुलेको हो ।'

सुनिलले पनि गैरकानूनी सम्पत्ति आर्जन गर्ने सिलसिलामा स्वदेश तथा विदेशका विभिन्न महत्वपूर्ण व्यक्ति तथा निकायसँग सहकार्य गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

त्यति मात्र होइन, सुनिल पौडेलको पनि विदेशी बैंकमा खाता रहेको तथा ती खातामा प्रशस्तै रकम रहेको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।

विकलले पोलेका १ दर्जन हाई-प्रोफाइलको समेत बयान

विकलले अख्तियारका अनुसन्धान अधिकारीसमक्ष बयान गर्दा १ दर्जनभन्दा बढी हाई-प्रोफाइललाई पोलेका छन् ।

एक पूर्व प्रधानमन्त्रीको परिवारका सदस्य, दुई पूर्वमन्त्री, वर्तमान मुख्यसचिव, एक पूर्व प्रहरी प्रमुखसहितका हाई-प्रोफाइलको नाम समेत उनीहरूले पोलेकाले यीमध्ये केहीसँग बयान समेत लिइसकिएको विश्वस्त स्रोतले लोकान्तरलाई जानकारी दियो ।

'खासगरी विकलले बयानका क्रममा धेरै हाई-प्रोफाइललाई बयानका क्रममा पोलेका छन्, तीमध्ये अधिकांशसँग बुझ्ने, बयान गर्ने लगायतका काम भइसकेको छ,' स्रोतले भन्यो ।

सुनिल र विकलको बयान सकिए पनि कतिपय अवस्थामा उनीहरूले पोलेका व्यक्तिले दिएको बयानका आधारमा पूरक बयान लिने काम बाँकी रहेकाले पटक-पटक म्याद थप गराइँदै आएको छ ।

पौडेलद्वयको पोलिग्राफ परीक्षण !

अख्तियारले पौडेलद्वयको पोलिग्राफ परीक्षणका लागि विशेष अदालतबाट अनुमति लिएको खुलेको छ । पोलिग्राफ परीक्षण पद्धतिबाट परीक्षण गरी निस्केको निष्कर्षलाई प्रमाणका रूपमा ग्राह्य गर्न सकिने भनेर सर्वोच्च अदालतले दिएको नजिरका आधारमा उनीहरूको पोलिग्राफ परीक्षणका लागि अनुमति लिइएको हो ।

'विकल पौडेलले धेरै व्यक्तिलाई पोलेका छन् । पोलेका अधिकांश व्यक्तिको बयान भइसकेको छ । तीमध्ये कतिपयको फेरि पनि पूरक (ततिम्बा) बयान गर्नुपर्ने देखिएको छ,' अख्तियार स्रोतले थप्यो, 'भन्नुपर्ने कुरा बयानमा भनेका छैनन् । भन्न नहुने धेरै कुराहरू भनेपछि पोलिग्राफ परीक्षण गर्नुपर्ने बाध्यता भएको हो ।'

अन्य मुद्दामा अभियोजनका लागि अन्य निकायमा पत्राचार गरिने

गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको हुनसक्ने आशंकामा अख्तियारले पौडेलद्वयलाई पक्राउ गरी हिरासतमा लिएको थियो ।

अख्तियारको हिरासतमै रहेका पौडेलद्वयको थप अनुसन्धान हुँदै जाँदा उनीहरूले १ अर्बभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको हुनसक्ने अख्तियारको आशंका रहेको स्रोतले बतायो ।

'अहिले विदेशबाट सबै विवरण आइनसकेकाले यति नै रकम गैरकानूनी सम्पत्ति आर्जन गरेको हो भनेर भन्न सकिने स्थिति नभए पनि १ अर्बभन्दा बढी रकम आर्जन गरेको हुनसक्ने अख्तियारको अनुमान हो,' स्रोतले भन्यो ।

त्यसबाहेक उनीहरूले दिएको बयान तथा प्राप्त भएका प्रमाणहरूबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेरामक्स प्रविधि खरिद प्रकरणमा समेत उनीहरूको संलग्नता खुलेको हुनाले त्यसमा पनि थप मुद्दा अभियोजन हुने सम्भावना रहेको स्रोतले खुलायो ।

त्यसबाहेक स्वदेशमा सार्वजनिक पदमा बहाल रहेकै अवस्थामा अमेरिकाको पीआर लिएको हुनाले त्यस विषयमा समेत मुद्दा अभियोजन गर्नका लागि अख्तियारले सम्बन्धित निकायलाई लेखी पठाउने तयारी गरेको हो ।

उनीहरूले क्रिप्टोसम्बन्धी कारोबार गरेको पाइएकाले त्यस विषयमा समेत मुद्दा चलाउनका लागि अख्तियारले नेपाल प्रहरी, राजश्व अनुसन्धान विभागसहितका निकायमा लेखी पठाउने तयारी गरेको स्रोतले खुलायो ।

पौडेलद्वयलाई अख्तियारले २०८० माघ १० गते पक्राउ गरेको थियो ।

विकलको राजनीतिक पहुँच र सुनिलको प्राविधिक विज्ञताको बलमा उनीहरूले आफ्नो साम्राज्य खडा गरेको देखिएको स्रोत बताउँछ ।

अनुसन्धान गर्न बाँकी नै रहेको तथा थुनामुक्त गर्दा विभिन्न एप्ससहित अन्य खुल्न नसकेका प्रमाण मेटाउन सक्ने भन्दै अख्तियारले विशेष अदालतबाट पटक-पटक म्याद थपको अनुमति पाएको छ ।गत चैत १८ गते अख्तियारले पौडेलद्वयलाई हिरासतमै राखी अनुसन्धान गर्नका लागि विशेष अदालतबाट २१ दिनको म्याद पाएको छ । एक महिनाको म्याद थपका लागि अख्तियारले पेश गरेको भएपनि २१ दिनको थप म्याद पाएको हो । अख्तियारले बढीमा ६ महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २०, २०८०

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)का प्रिन्सिपल रामकैलाश बिछाको स्नातकोत्तरको शैक्षिक प्रमाणपत्र नक्कली रहेको आरोप त्यहाँ कार्यरत शिक्षकहरूले लगाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्...

माघ २४, २०८०

काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

चैत ७, २०८०

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...

पुस २६, २०८०

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालसहितको टोली सवारी चालक अनुमति पत्र (लाइसेन्स)मा प्रयोग हुँदै आएको स्मार्ट कार्डको गुणस्तर अनुगमनका लागि भन्दै जर्मनी जान लागेका छन् । टोलीमा विभा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x