२४ असार २०८३, बुधबार
नयाँ सत्ता समीकरण

लुम्बिनीमा मुख्यमन्त्री नियुक्त नहुँदै मन्त्रालय भागबन्डा, स्वतन्त्र सांसद पनि मन्त्री बन्ने

चैत २३, २०८०
बुटवल
लुम्बिनीमा मुख्यमन्त्री नियुक्त नहुँदै मन्त्रालय भागबन्डा, स्वतन्त्र सांसद पनि मन्त्री बन्ने

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्त नहुँदै सत्तारूढ गठबन्धन दलले मन्त्रालय भागबन्डा गरेका छन् ।

लुम्बिनीको ‘मिलीजुली’ गठबन्धनले एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन, बाँकी अन्य साना दललाई दिने गरी सहमति गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)लाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक/एक मन्त्रालय दिने सहमति भएको स्रोतले जानकारी दिएको छ ।

लुम्बिनीमा १० मन्त्रालय रहेका छन् ।

बिहीवार गठबन्धनका चार दल र एक स्वतन्त्र सांसदबीच पाँच बुँदे सहमति भएको विज्ञप्ति बाहिर आए पनि जसपालाई शहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने गरी अर्को ७ बुँदे सहमतिसमेत भएको खुलेको छ ।

स्वतन्त्र सांसद खड्ग बस्नेत र एकीकृत समाजवादीका भगवती घिमिरेलाई पनि मन्त्री बनाउने बताइएको छ । बस्नेत पश्चिम नवलपरासीबाट निर्वाचित स्वतन्त्र सांसद हुन् । 

गठबन्धन दलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सरकारको दाबी प्रस्तुत गरेका छन् ।

एमाले प्रमुख सचेतक तुलसी चौधरीले सरकार गठनको लागि आवश्यक संख्यासहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको जानकारी दिए ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले विश्वासको मत जुटाउन सक्ने अवस्था नरहेपछि बिहीवार पदबाट राजीनामा दिएका थिए ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेश सांसदको समर्थन चाहिन्छ ।

सत्ता गठबन्धनसँग एमाले २९, माओवादी (सभामुख सहित) ११, जसपा ३, एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद खड्ग बस्नेत गर्दा ४४ हुन्छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक ईन्द्रजीत चौधरीले नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि नयाँ बन्ने सरकारलाई समर्थन गर्न सकारात्मक देखिएका बताए । नेकपा एमालेबाट लीला गिरी मुख्यमन्त्री बन्दा मन्त्रालयको संख्या १० मा झारेका थिए ।

त्यसअघि माओवादी केन्द्रका कूलप्रसाद केसी हुँदा १३ मन्त्रालय र राज्यमन्त्रीसहित १७ जना मन्त्री थिए ।

‘जम्बो क्याबिनेट’ बनाउँदा राज्यलाई ठूलो आर्थिक भार परेको भन्दै तत्कालीन मुख्यमन्त्री गिरीले मन्त्रालय घटाएका थिए ।

लुम्बिनीमा महरा नेतृत्वको पाँचौ सरकार हुनेछ । केन्द्रमा फेरिने सत्ता समीकरणले प्रदेशमा पनि हलचल आउँदै एक वर्षमै तीन वटासम्म सरकार फेरबदल हुने अवस्था आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्