×

NMB BANK
NIC ASIA

नयाँ सत्ता समीकरण

लुम्बिनीमा मुख्यमन्त्री नियुक्त नहुँदै मन्त्रालय भागबन्डा, स्वतन्त्र सांसद पनि मन्त्री बन्ने

बुटवल | चैत २३, २०८०

NTC
Premier Steels

लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्त नहुँदै सत्तारूढ गठबन्धन दलले मन्त्रालय भागबन्डा गरेका छन् ।

Muktinath Bank

लुम्बिनीको ‘मिलीजुली’ गठबन्धनले एमालेलाई चार, माओवादी केन्द्रलाई मुख्यमन्त्रीसहित तीन, बाँकी अन्य साना दललाई दिने गरी सहमति गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनता समाजवादी पार्टी (जसपा)लाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक/एक मन्त्रालय दिने सहमति भएको स्रोतले जानकारी दिएको छ ।


Advertisment
Nabil box
Kumari

लुम्बिनीमा १० मन्त्रालय रहेका छन् ।

Vianet communication

बिहीवार गठबन्धनका चार दल र एक स्वतन्त्र सांसदबीच पाँच बुँदे सहमति भएको विज्ञप्ति बाहिर आए पनि जसपालाई शहरी विकास तथा पर्यटन मन्त्रालय र कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिने गरी अर्को ७ बुँदे सहमतिसमेत भएको खुलेको छ ।

स्वतन्त्र सांसद खड्ग बस्नेत र एकीकृत समाजवादीका भगवती घिमिरेलाई पनि मन्त्री बनाउने बताइएको छ । बस्नेत पश्चिम नवलपरासीबाट निर्वाचित स्वतन्त्र सांसद हुन् । 

गठबन्धन दलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष सरकारको दाबी प्रस्तुत गरेका छन् ।

एमाले प्रमुख सचेतक तुलसी चौधरीले सरकार गठनको लागि आवश्यक संख्यासहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेको जानकारी दिए ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले विश्वासको मत जुटाउन सक्ने अवस्था नरहेपछि बिहीवार पदबाट राजीनामा दिएका थिए ।

८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ प्रदेश सांसदको समर्थन चाहिन्छ ।

सत्ता गठबन्धनसँग एमाले २९, माओवादी (सभामुख सहित) ११, जसपा ३, एकीकृत समाजवादी १ र स्वतन्त्र सांसद खड्ग बस्नेत गर्दा ४४ हुन्छ ।

माओवादी केन्द्रका प्रमुख सचेतक ईन्द्रजीत चौधरीले नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि नयाँ बन्ने सरकारलाई समर्थन गर्न सकारात्मक देखिएका बताए । नेकपा एमालेबाट लीला गिरी मुख्यमन्त्री बन्दा मन्त्रालयको संख्या १० मा झारेका थिए ।

त्यसअघि माओवादी केन्द्रका कूलप्रसाद केसी हुँदा १३ मन्त्रालय र राज्यमन्त्रीसहित १७ जना मन्त्री थिए ।

‘जम्बो क्याबिनेट’ बनाउँदा राज्यलाई ठूलो आर्थिक भार परेको भन्दै तत्कालीन मुख्यमन्त्री गिरीले मन्त्रालय घटाएका थिए ।

लुम्बिनीमा महरा नेतृत्वको पाँचौ सरकार हुनेछ । केन्द्रमा फेरिने सत्ता समीकरणले प्रदेशमा पनि हलचल आउँदै एक वर्षमै तीन वटासम्म सरकार फेरबदल हुने अवस्था आएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x