२४ असार २०८३, बुधबार

इलाम-२ उपचुनाव: यस्तो छ गत निर्वाचनमा उम्मेदवार र दलहरूले पाएको मत

चैत २४, २०८०
काठमाडौं
इलाम-२ उपचुनाव: यस्तो छ गत निर्वाचनमा उम्मेदवार र दलहरूले पाएको मत

गत (२०७९) चुनावमा इलाम-२ बाट जितेका नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको निधनपछि आगामी वैशाख १५ मा सोही क्षेत्रमा उपनिर्वाचनमा हुँदैछ । यसपटक ८ दल र तीन स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिँदैछन् । 

अघिल्लोपटक सुवास नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको झिनो अन्तरले पराजित गरेका थिए । गत निर्वाचनमा इलाममा नेम्वाङले ३० हजार २० मत ल्याएका थिए । खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका थिए । रास्वपाका प्रकाश सापकोटाले इलाम २ मा १३८० ल्याएका थिए । 

प्रत्यक्षतर्फ कांग्रेसलाई माओवादीको समर्थन थियो । एमाले एक्लै चुनावमा भिडेको थियो । अघिल्लोपटक एमाले एक्लै भिडे जस्तै यसपटक कांग्रेस एक्लै चुनावी मैदानमा उत्रिएको छ । 

समानुपातिकतर्फ भने एमाले पहिलो दल बनेको थियो । एमालेले २६ हजार ५६२ मत प्राप्त गर्दा कांग्रेसले २२ हजार ३३३ मत ल्याएको थियो । माओवादीले ५१५३ मत मात्रै पायो । रास्वपाले ४६८६ मत प्राप्त गरेको थियो । 

मंगोल नेशनल अर्गनाइजेसनले १६६१, राष्ट्रिय जनमुक्ति पार्टीले १४१३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १३१९, राप्रपाले ११९१, जसपाले ९०६, नेकपा एकीकृत समाजवादीले ५८६, नेकपा मार्क्सवादीले १२९, जनमत पार्टीले १२४, आमुल परिवर्तन मसिहा पार्टी नेपालले १०५, लोसपाले ९९, नेमकिपाले ७१, नेपाली जनता दलले ६० प्राप्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्