१३ असार २०८३, शनिबार

एकैदिन २३ नयाँ चार्जिङ स्टेशन थपिए

चैत २८, २०८०
काठमाडौं
एकैदिन २३ नयाँ चार्जिङ स्टेशन थपिए

बागमती  प्रदेशमा  २३  नयाँ  चार्जिङ  सञ्चालनमा ल्याइएको छ । युएस एआइडीको ऊर्जा  नेपालको  अनुदानसहित  निजी  क्षेत्रको  लगानीमा तयार यी स्टेसन मङ्गलबार एकैपटक सञ्चालनमा  ल्याइएका  हुन्  । 

 यससँगै  एउटा  मोबाइल  इभी  चार्जिङ  स्टेसन  पनि  उद्घाटन  गरिएको छ ।ऊर्जा  नेपालको  तीन  लाख  ४६  हजार  अमेरिकी डलर अनुदान र निजी कम्पनीको एक लाख  ८५  हजार  अमेरिकी  डलर  लगानीमा  यी  फास्ट  चार्जिङ  स्टेसन  सञ्चालनमा  ल्याइएको  हो । २३ मध्ये १७ चार्जिङ स्टेसन यात्री डिजाइन स्टुडियोले  र  छ  वटा  इ–स्टप  नेपालले  स्थापना  गरेको खबर गोरखापत्रमा छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्