२७ असार २०८३, शनिबार

एनएमबि बैंकको ११औं हेरिटेज वाक सम्पन्न​

बैशाख ५, २०८१
काठमाडौं
एनएमबि बैंकको ११औं हेरिटेज वाक सम्पन्न​

एनएमबि बैंकले ११औं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ ।

वैशाख ५ गते बुधवार भएको कार्यक्रम बैंकको बल्खु शाखाबाट शुरू भएर कीर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्म पुगेको थियो ।

‘हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय’ भन्ने मूल नाराको साथ मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवर्द्धन र साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बैंकले जनाएको छ ।

null

नेपाल हेरिटेज सोसाईटीको सहकार्यमा बैंकले गरेको कार्यक्रममा एनएमबि बैंकका अध्यक्ष मनोजकुमार गोयल, सञ्चालक जीवनकुमार कटुवाल, उत्तम भ्लोन, हरिश्चन्द्र सुवेदी, शिरीषकुमार मुरारका, बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, कीर्तिपुर महानगरपालिका प्रतिनिधिहरू, बैंकका कर्मचारीलगायत सर्वसाधारणहरू गरी लगभग ७५० जनाको सहभागितामा थियो ।

null

null

null

salt training

कमेन्ट गर्नुहोस्