
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले योगदानकर्ताका लागि देशभरका ८३ अस्पतालबाट स्वास्थ्य सेवा लिने व्यवस्था गरेको छ ।
कोषका अनुसार योगदानकर्ताको सुविधाका लागि हालसम्म देशभरका ८३ वटा अस्पतालसँग अनलाइन सम्झौता गरेको हो ।
योगदानकर्ताले उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी देशभरका ती अस्पतालसँग अनलाइन सम्झौता गरिएको कोषले जनाएको छ । गोरखापत्रमा खबर छ ।