२४ असार २०८३, बुधबार

मुक्तिनाथ विकास बैंकद्वारा कृत्रिम हात वितरण

बैशाख १०, २०८१
काठमाडौं
मुक्तिनाथ विकास बैंकद्वारा कृत्रिम हात वितरण

मुक्तिनाथ विकास बैंक लिमिटेडले कृत्रिम हातहरू वितरण गरेको छ ।​​

ईनेबल नेपाल संस्था (गैर मुनाफा मूलक)सँगको साझेदारीमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा बसोबास गर्ने र कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकाहरूलाई आवश्यक पर्ने हातहरू वितरण गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार एक कार्यक्रमका बीच बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र ईनेबल नेपाल संस्थाका पदाधिकारीबाट सो कृत्रिम हातहरू बालबालिकाहरूलाई वितरण गरिएको हो ।

null

कार्यक्रममा बैंकका कर्मचारी, बालबालिकाका अभिभावक र ईनेबल नेपाल संस्थाका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

बैंकले ५ थान कृत्रिम हातहरू वितरण गरिसकेको र निकट भविष्यमा थप  हातहरू वितरण गर्ने बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत गुरुङले बताए ।

यस सहयोगले बालबालिकाहरूको जीवनमा सकारात्मक परिवर्तन हुने र आत्मविश्वास बलियो गर्न मद्दत पुग्ने बैंकको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्