कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडाैं | बैशाख १२, २०८१
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले दुई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई डीआईजीमा बढुवा गर्न प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरलाई चर्को दबाब दिएको पाइएको छ ।
कुँवर इन्टरपोलको महासभामा भाग लिन जाने दिन र अघिल्लो दिन समेत लामिछानेले मन्त्रालयमा बोलाएर जसरी पनि दानबहादुर कार्की र डा. मनोज केसीलाई डीआईजीमा बढुवा गर्नुपर्ने भनेर दबाब दिएको स्रोतको दाबी छ ।
आईजीपी कुँवर वैशाख ९ गते फ्रान्स उडेका थिए ।
उच्च स्रोतका अनुसार कुँवरले आफ्नै ब्याचका प्रहरी अधिकृत रहँदारहँदै तलको ब्याचलाई माथि ल्याउँदा ‘चेन अफ कमान्ड’ र प्रहरीको मनोबलमा समेत असर गर्ने भएकाले अहिले हतार गर्न नहुने जवाफ मन्त्री लामिछानेलाई दिएका थिए ।
लामिछानेले भने ‘नेतृत्व विकास’ का लागि कार्की र डा. केसीलाई बढुवा गर्नुपर्ने दबाब दिएको स्रोतले बतायो ।
लामिछानेले विधि र पद्धतिविपरीत तारन्तार दबाब दिएपछि आईजीपी कुँवरले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत जानकारी गराएको प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीले लोकान्तरसँग बताए ।
प्रधानमन्त्रीले यस विषयमा आफूले गृहमन्त्री लामिछानेसँग समेत सोधपुछ गर्ने र प्रहरीको मनोबल नखस्किने गरि बढुवा सूची प्रकाशित गर्ने आश्वासन कुँवरलाई दिएका थिए ।
स्रोतका अनुसार लामिछानेले कुँवरलाई ‘तपाईंका ब्याची क्षमतावान भएका भए त पहिल्यै बढुवा भइहाल्थे नि’ भन्दै काउन्टर जवाफ दिएका थिए । प्रहरी संगठनभित्र पछिल्लोपटक ‘पोखरेलपथ’को चर्चा छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल एसएसपीबाट डीआईजी बन्ने बेला एक्लै बढुवा हुन सफल भएका थिए । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त नविन घिमिरेसँगको सम्बन्धलाई उपयोग गर्दै पोखरेलले डीआईजीबाट एआईजीमा एक नम्बरमा नाम निकाल्न सफल भएको चर्चा चलेको थियो ।
अहिले एसएसपी कार्कीले लामिछानेलाई उपयोग गरेर आफू एक नम्बरमा डीआईजीमा नाम निकाल्न दौडधुप गरेको चर्चा छ । उनको दौडधुपबारे आईजीपी कुँवरलाई राम्रै सूचना पुगे पनि ‘रियाक्ट’ गरेका छैनन् । प्रतिस्पर्धीहरू भने कार्कीको बढुवा रोक्न दौडधुपमा छन् ।
गत वैशाख ३ मा बसेको बढुवा समिति बैठकले डीआइजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाललाई एआईजीमा बढुवा गर्न सिफारिश गरेको थियो । डीआईजी विकासराज खनाल उमेरहदका कारण अनिवार्य अवकाशमा गएपछि ३ डीआईजीको दरबन्दी रिक्त छ । यही मौकामा कार्कीले फट्को मार्ने योजनास्वरूप दौडधुपमा लागेको स्रोत बताउँछ ।
आईजीपी कुँवरका ब्याची एसएसपीहरू क्रमशः भोलाबहादुर रावल, ध्रुवराज राउत, गणेश चन्द र कृष्णहरि शर्मा पोखरेल डीआईजी बढुवाका लागि प्रतिस्पर्धी हुन् । प्रहरी मुख्यालयका अनुसार राउत र चन्द २०५१ चैत ५ मा प्रहरी महानिरीक्षक वसन्त कुँवरसँगै प्रहरी निरीक्षकमा प्रवेश गरेका हुन् ।
पोखरेल भने २०५२ कात्तिक २७ मा प्रहरी सेवामा प्रवेश गरेका थिए । त्यस्तै बढुवा आकांक्षीमा सिद्धिविक्रम शाह, सुशील सिंह राठोर र उमाप्रसाद चतुर्वेदी पनि छन् । राष्ट्रिय अनुसन्धान विभागबाट आएका उनीहरू २०७९ साउन १ मा एसएसपीमा बढुवा भएका थिए । रावल र राउत भने २०७८ मंसिर १२ मा एसएसपीमा बढुवा भएका थिए ।
अहिले लामिछानेले माथि उकाल्न खोजेका एसएसपीद्वय कार्की र केसी २०५४ चैत १८ मा निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । केसीले उपत्यका अपराध अनुसन्धान कार्यालयमा बस्दा भुटानी शरणार्थी प्रकरणको फाइल खोलेकै कारण उनको समयावधि नपुग्दै सरुवा भएको थियो । उनले भुटानी शरणार्थीको फाइल अगाडि बढाएपछि नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण समेत पक्राउ परेका थिए । सोही कारण कांग्रेसले उनीहरूको सरुवा गर्न दबाब दिएको चर्चा चलेको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् । उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...