२९ असार २०८३, सोमबार

सामसङको ग्यालेक्सी एम५५ फाइभजी नेपालमा अनावरण

बैशाख १७, २०८१
काठमाडौं
सामसङको ग्यालेक्सी एम५५ फाइभजी नेपालमा अनावरण

नेपालको अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले ग्यालेक्सी एम५५ फाइभजीलाई आधिकारिक रूपमा बजारमा ल्याएको छ ।

जसमा यस सेगमेन्टकै अनेक लिडिङ विषेशताहरू उपलब्ध छन् ।

सामसङको लोकप्रिय ग्यालेक्सी एम सिरिजका यी नवीनतम विशेषताहरूले प्रयोगकर्ताहरूलाई अनुपम स्मार्टफोन अनुभव, सुपर एमोलेड प्लस डिस्प्ले, धेरै टिक्ने ब्याट्री र शक्तिशाली प्रोसेसरहरू प्रदान गर्ने कम्पनीले जनाएको छ ।​

आइकोनिक डिजाइन

ग्यालेक्सी एम५५ फाइभजीमा आइकोनिक ग्यालेक्सी सिग्नेचर डिजाइन, भव्यता र सोफिस्टिकेशन पाउन सकिन्छ ।

मात्र ७.८ एमएमको चौडाइका साथ, सुपर स्लीक र हल्का वजनले यसको प्रयोगलाई अझै सहज बनाइदिएको छ ।

ग्यालेक्सी एम५५ फाइभजी हल्का हरियो र डेनिम ब्ल्याक दुई आकर्षक रंगहरूमा उपलब्ध छन् ।

कमेन्ट गर्नुहोस्