१० असार २०८३, बुधबार

सगरमाथासहितका हिमालमा गर्मी बढ्यो

बैशाख २२, २०८१
काठमाडौं
सगरमाथासहितका हिमालमा गर्मी बढ्यो

देशव्यापी रूपमा बढेको तातो हावाको लहर तथा डढेलोले सर्वोच्च शिखर सगरमाथासहितका हिमालमा गर्मी बढाएको छ । 

यसले दीर्घकालीन असर पर्ने देखिएको छ । एक साता बितिसक्दा पनि डढेलोको प्रकोप देशका विभिन्न वन क्षेत्रमा बढ्दै जाँदा  सगरमाथालगायतका  हिमालमा  त्यसबाट  सिर्जित  धुवाँ  अर्थात्  कार्बन  थुप्रिन  थालेको  विज्ञहरूको भनाइ छ ।

 नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका जल तथा मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठका अनुसार  जलवायु  परिवर्तनले  ल्याएको  तातो  र  डढेलोको धुवाँले हिमालमा तराईको भन्दा बढी गर्मी तुल्याएको छ ।

उनले भने, “यस्तै तातो र  डढेलो  बढेमा  हिमनदी  विलीन  भएको  देख्न  पाइने छ ।” कालोपनले  सूर्यको  किरण  अत्यधिक  शोषण गर्छ । जसले गर्दा हिमाल तातिने प्रक्रिया छिटो  हुन्छ  ।  उनले  मानव  निर्मित  डढेलो  नियन्त्रण गर्न केन्द्रीय सरकारले हस्तक्षेप गरेर अघि बढ्नुपर्ने बताए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्