०९ साउन २०८३, शनिबार

राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एशिया बैंकको सम्मान

बैशाख २५, २०८१
काठमाडौं
राष्ट्रिय महिला फुटबल टोलीलाई एनआईसी एशिया बैंकको सम्मान

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको

एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ ।

केही समयअघि साउदी अरेबियामा सम्पन्न डब्लूएएफ वुमेन्स् च्याम्पियनसिप २०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बनेको टोलीलाई बैंकले नगद पुरस्कारसहित सम्मान गरेको हो ।​​​​

अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेकाले ललितपुरस्थित होटल हिमालयनमा यही वैशाख २४ गते ​आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको बैंकले जनाएको छ ।

बैंकले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरूलाई जनही २५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको थियो ।

साथै, बैंकले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगरलाई ब्रान्ड प्रमोटरका रुपमा समेत घोषणा गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्