×

सभापतिमाथि हावी हुँदै महामन्त्री

‘एजेन्डा’मा कांग्रेसलाई लतार्दै गगन !

काठमाडाैं | बैशाख ३०, २०८१

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यसअघिजस्तै पछिल्लो समय पनि पार्टीलाई आफ्नो ‘एजेन्डा’मा लतार्दै ल्याएको देखिएको छ । सभापतीय प्रणाली रहेको कांग्रेसमा दुई उपसभापतिपछि बल्ल महामन्त्रीहरूको वरीयता आउँछ । चौथो वरीयतामा हुनुका बाबजुद गगन पार्टीले उठाउने ‘इस्यु’का मुख्य निर्णायकर्ता बन्दै आएका छन् ।

Laxmi Bank

गगन विशेष र महत्त्वपूर्ण मुद्दामा आफ्नो प्रस्ट दृष्टिकोण तथा पोजिसनमा सधैं सचेत देखिन्छन् । पार्टीले निर्णय नगर्दै गणतन्त्रको नारा, संविधानसभाको माग मात्रै होइन, पछिल्ला राजनीतिक मुद्दा र ‘एजेन्डा’मा समेत गगनले विषय उठाएपछि पार्टी त्यसको पछिपछि लागेका उदाहरण प्रशस्तै छन् ।


Advertisment

‘पार्टीले समेत गणतन्त्रको नाम सुन्न नचाहँदादेखि उहाँले कांग्रेसलाई आफ्नो इस्युमा समाहित गर्दै आउनुभयो । नरहरि आचार्यसँगै गणतन्त्र, संविधानसभा, संघीयता मात्रै होइन, बहुलवादका पक्षमा निरन्तर इस्यु उठाएर स्थापित गर्नमा उहाँले योगदान गर्नुभयो,’ थापानिकट प्रताप पौडेल भन्छन्, ‘अहिले त महामन्त्री हुनुहुन्छ, केन्द्रीय सदस्यको रूपमा पुछारमा हुँदा पनि पार्टीकै नेतालाई प्रश्न गर्ने मात्रै होइन, सर्वशक्तिमान केपी ओलीलाई समेत घुँडा टेक्न बाध्य पार्नुभएको छ ।’ 


Advertisment

पार्टी र समाज हिच्किचाउँदा र विपक्षीले नरुचाउँदा पनि गगनले इस्यु बोकेको पौडेल बताउँछन् । ‘एउटा दुईवटा होइन, कैयन यस्ता विषय छन्, जसमा पार्टी बोल्न पनि डराउँछ । हिच्किचाउँछ । समाजले पनि होइन कि भन्ठान्छ । विपक्षीले त रुचाउने कुरै भएन,’ पौडेल भन्छन्, ‘तर एक्लै भए पनि गगन इस्यु उठाउँछन्, बोल्छन् भन्ने देखिन्छ । अन्ततः पार्टी र जनमत थापाकै वरिपरि उभिन्छ भन्ने धेरै इस्युले देखाएको छ ।’

पछिल्लो केही समययता त थापाले नै उठाएकै इस्युमा पार्टी लतारिएर आएको देखिन्छ । प्रधानमन्त्री हुँदा केपी ओलीले दुईपटकसम्म प्रतिनिधिसभा विघटन गर्दा थापाले न्यायालयलाई गरेको खबरदारी अझै पनि धेरैको स्मरणमा छ । यतिमात्रै होइन, नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसकै नेता भए पनि अनुसन्धानमा खुट्टा नकमाउन थापाले सरकारलाई आग्रह गरेका थिए । कांग्रेस सत्तामा हुँदा समेत बालकृष्ण खाँणसहितका प्रभावशाली नेता नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा खेप्न बाध्य भएका थिए । 

कतिपय अवस्थामा विपक्षमा हुँदा समेत यस्ता मुद्दामा सरकारलाई दरिलो साथ र सचेत गराएका थापाले चैतको पहिलो साता रवि लामिछानेमाथि उस्तै अडान लिएका थिए । 

सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मीलगायत सहकारीमा हजारौं नागरिकले जम्मा गरेको झण्डै अर्ब बराबरको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष संलग्नता रहेको तथ्यगत प्रमाण प्रशस्तै रहेको दाबीसहित संसदीय छानबिनको मागमा गगनले कांग्रेसका तर्फबाट नेतृत्वदायी भूमिका खेलेका छन् ।

‘शरणार्थी प्रकरणको विषयमा खुट्टा नकमाऊ भनेर रोस्ट्रमबाट बोलेको हुँ । सुन तस्करीको छानबिनका लागि आयोग बनाउने कुरामा साथ दिएको हुँ । अख्तियारले छानबिन गरेकालाई घर पठाऊ भनेको थिएँ’, थापाले गत चैत ५ गते सोमबार संसद् बैठकमा भनेका थिए, ‘सत्तापक्षबाट कसैले भन्नुहुनेछ, सुनकान्डमा एकजनाले पनि उन्मुक्ति नपाओस्, रुखको छहारीमुनि बसेको होस् कि घाम ताप्ने या घण्टी बजाउने होस् भन्ने हिम्मत गर्नुपर्छ ।’

गत निर्वाचनबाट २१ सिट जितेर उदाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध थापा झन् निर्मम र आक्रामक हुँदै आएका छन् । 

सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मीलगायत सहकारीमा हजारौं नागरिकले जम्मा गरेको झण्डै अर्ब बराबरको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको प्रत्यक्ष संलग्नता रहेको तथ्यगत प्रमाण प्रशस्तै रहेको दाबीसहित संसदीय छानबिनको मागमा गगनले कांग्रेसका तर्फबाट नेतृत्वदायी भूमिका खेलेका छन् ।

शुक्रवार संसद् बैठकमा बोल्दै थापाले सहकारी ठगीमा रविको प्रत्यक्ष संलग्नता रहेको दाबी गरेका थिए । लगत्तै शनिबार रवि सहकारी ठग हुन् भन्ने प्रशस्तै तथ्य र प्रमाण रहेको दाबी गरे ।

‘जीबी राईसँग मिलेर माननीय रवि लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्णलक्ष्मीलगायत सहकारीका हजारौं बचतकर्ताको करोडौं रुपैयाँ गोरखा मिडियालगायतका संस्था प्रयोग गरेर अपचलन गर्नुभएको विषय ठगी हो भन्ने हाम्रो दाबी छ । यसमा हामीलाई कुनै द्विविधा छैन,’ कांग्रेसको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि शनिबार थापाले सञ्चारकर्मीसँग भनेका थिए, ‘तथ्य प्रमाणका कुरा निस्किएका छन् । तथ्य प्रमाण खोज्न कहीँ पनि जानु पर्दैन । कसैले पेश पनि गर्नुपर्दैन ।’

प्रहरीको अनुसन्धान, अदालतको अभियोजन र पीडितका उजुरी नै रवि सहकारी ठग हुन् भन्नलाई पर्याप्त तथ्य भएको दाबी उनले गरे । 

‘रुपन्देही जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान र अभियोजन दर्ताको प्रतिवेदन सीआईबीले अनुसन्धान गर्दा लुकाइएको थियो, अहिले बाहिर छन्, पोखरा महानगरले पनि प्रतिवेदन तयार गरेको छ,’ गगनले दाबी गर्दै भने, ‘कम्पनी रजिस्ट्रारले सम्पत्ति शुद्धीकरण कार्यालय र प्रहरीलाई रवि लामिछानेले गर्नुभएको हस्ताक्षर, ल्याप्चेलगायत परीक्षणका लागि गरेको अनुरोध, लामिछानेको हस्ताक्षर भएका थुप्रै कागजातहरू धेरै छन्, तथ्य र प्रमाण खोज्न कहीँ जानै पर्दैन ।’ 

गगनको नेतृत्वदायी भूमिकाले सहकारी प्रकरणमा पार्टीलाई दरिलो अडान लिने ठाउँमा पुर्‍याएको छ । बालुवाटारमा प्रधानमन्त्रीसँग पार्टीका शीर्ष नेताको बैठकपछि थापा आफ्नो समूहका नेता डा. शेखर कोइरालासँग छलफल गर्न नक्साल पुगेका थिए । संसदीय समिति गठनको स्वरूपबारे थापाले कोइरालासँग छलफल गरेको स्रोतको भनाइ छ । 

null

यी विषयमा गगन अघिअघि पार्टी पछिपछि 

भारतीय नाकाबन्दी, संसद् विघटन, लिपुलेक प्रकरण लगायतमा गगनले पार्टीलाई आफ्नो ‘एजेन्डा’मा लतारेका छन् । संविधान जारी भएपछि भारतले सामान आपूर्तिमा गरेको अवरोधलाई नाकाबन्दी भन्न हिच्किचाइरहेका बेला गगनले ‘नाकाबन्दी’ भन्नुपर्ने अडान लिएका थिए ।  

नेकपाको कचिंगल र संसद् विघटनका बेला कतिपयले सभापति शेरबहादुर देउवालाई चुनावमा जाँदा पहिलो दल बन्न सकिने भन्दै उक्साइरहेका बेला थापाले नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै कानूनी लडाईंको स्थितिमा पुर्‍याएका थिए ।

‘संसद् विघटनमा बोल्ने कि नबोल्ने भन्ने निर्णय लिन समय लाग्यो । चुनावमा जाँदा कांग्रेस बलियो हुन्छ, मध्यावधिमा जानुपर्छ भनेर सभापतिलाई आग्रह गर्ने थुप्रै थिए, तर गगन दाइले ढिला नगरी विघटनको २ घण्टामै त्यसलाई असंवधौनिक कदम भन्नुभयो,’ थापानिकट एक नेताले भने ।

बोल्नुपर्ने विषयमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध मात्रै होइन, पार्टी नेताविरुद्ध पनि उनले बोलेका छन् । 

चिकित्सा शिक्षाको विषयमा ऐन बनाउने, लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने, कोभिडका बेला स्वास्थ्य सामग्री खरिदको अनियमितताविरुद्ध प्रश्न गर्ने, बूढीगण्डकी आयोजना नेपाली लगानीमा बनाउनुपर्छ भन्ने विषयमा थापाले नै अडान लिएपछि पार्टी यसैमा आइपुगेको थियो । 

कोभिडका बेला स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको विषयलाई घनिभूत रूपमा उठाउँदा रवि लामिछानेले सीधा कुरा कार्यक्रममार्फत् थापालाई संसद्को जिउँदो सांसद भनेर सम्बोधन गरेका थिए । 

‘दुईतिहाइको सरकारको ध्यान कोरोनापीडितका लागि होइन, अनियमिततातर्फ गयो भनेर निरन्तर आवाज उठाउनुभएको थियो,’ थापानिकट ती नेता भन्छन्, ‘त्यतिखेर सीधा कुरामार्फत रवि लामिछाने स्वयंले संसद्मा गगन थापा मात्रै जिउँदा सांसद छन् भनेर स्यालुट गरेका थिए ।’ 

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पनि कांग्रेस गगनको ‘एजेन्डा’मा लतारिँदै आएको बताउँछन् । ‘गगन थापा कांग्रेसको राइजिङ लिडरशिप हो । उनले उठाएका विषयमा कतिपय अवस्थामा पार्टी लतारिएर आएको छ । कुनै समय लोकमान सिंह कार्कीविरुद्ध हस्ताक्षर गर्दा म आफूले समेत गगनलाई साथ दिएको थिएँ,’ राजनीतिक विश्लेषक श्रेष्ठले भने, ‘अहिले सहकारी ठगीविरुद्ध गगनसहितका नेताले उठाएका विषय ठीक छन् । तर, सदन नै अवरुद्ध गर्ने विषय ठीक होइन । सडकमा आएको भए ठूलो आन्दोलन हुन सक्थ्यो । जनताले पनि साथ दिन सक्थे । नीति तथा कार्यक्रम र बजेटलाई प्रभाव पार्ने गरी नै विरोधको शैली अपनाउनु उचित होइन । जिम्मेवार नेता यस्ता शैलीप्रति सजग बन्नुपर्छ ।’

null

अर्का राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेले पनि थापाले कांग्रेसमा वैचारिक र एजेन्डागत दृष्टिले नेतृत्व गर्दै आएको बताएका छन् ।

‘गणतन्त्र, संविधानसभा, संघीयता, बहुलवादलगायतका प्रगतिशील, उदारवादी र जनमुखी विचार र एजेन्डा उठाउँदा प्रारम्भमा गगनजी पार्टीमा एक्लो हुनुहुन्थ्यो, तर अन्तत: गगनजीले उठाएका विचार र एजेण्डा नै पार्टीका एजेन्डा हुँदै आएका छन्। त्यसैले यो पृष्ठभूमिका आधारमा विश्लेषण गर्दा उहाँ दूरगामी दृष्टिकोणको आधारमा नीति तय गर्नु हुन्छ भन्ने देखाउँछ,’ वाग्लेले थापाबारे टिप्पणी गर्दै भनेका थिए, ‘ विगत लामो समयदेखि प्रि–इलेक्सन गठबन्धनविरुद्ध धारणा राख्दै आउनुभएको थियो । यस्तो गठबन्धनले पार्टीलाई नै कमजोर बनाउँछ भन्दै आउनु भएको थियो । उहाँले महासमितिमा प्रस्ताव नै लानुभयो र पारित पनि भयो। महासमितिको बैठक लगत्तै निर्वाचनपूर्वको गठबन्धन भत्किएर नयाँ बनेपछि राजनीतिक, सैद्धान्तिक र र रणनीतिक सबै दृष्टिले गगनजीले उठाएका नीति र रणनीतिहरू उचित रहेछन् भन्ने पुष्टि भएको छ ।’ 

नेतृत्वका लागि हुनुपर्ने आवश्यक सैद्धान्तिक, वैचारिक, नीतिगत दुरदर्शिता देखिएको बताउँदै अब कांग्रेसमा गगनले थप नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने वाग्लेको विश्लेषण छ।

अहिले सहकारी प्रकरणमा पनि गगन आफ्नो अडानमा दृढ देखिन्छन् । गगनप्रेरित कांग्रेस अडानपछि नीति तथा कार्यक्रम नै प्रभावित हुने देखिएको छ

अहिले सहकारी प्रकरणमा पनि उनी आफ्नो अडानमा दृढ देखिन्छन् । गगनप्रेरित कांग्रेस अडानपछि नीति तथा कार्यक्रम नै प्रभावित हुने देखिएको छ । यसैले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवटारमा कांग्रेसका शीर्ष नेतासँग छलफल गरेका थिए । 

छलफलमा प्रधानमन्त्री सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नमा सकारात्मक भएको दाबी कांग्रेसले गरेको छ । ‘प्रधानमन्त्रीसँगको छलफलमा हामीले पहिले जे कुरा उठाउँदै आएका थियौं, आज पनि सोही कुरा दोहोर्‍यायौं,’ कांग्रेसका प्रमुख सचेतक लेखकले भने, ‘हाम्रो मागप्रति प्रधानमन्त्रीले सकारात्मक कुरा गर्नुभएको छ । संसदमा कसरी प्रस्तुत हुने भन्ने हाम्रो भोलि १ बजे बस्ने संसदीय दल कार्यसमिति र २ बजे बस्ने संसदीय दलको बैठकबाट निर्णय गर्छौं ।’ 

कांग्रेसका शीर्ष नेतासँगको छलफलपछि आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पनि संसदको अप्ठ्यारो फुकाएर नीति तथा कार्यक्रम सहज ढंगले अगाडि बढ्ने दाबी गरे ।

‘मैले ढोका खोल्नैका लागि आज प्रमुख प्रतिपक्षीसँग गम्भीरतापूर्वक कुराकानी गरेको छु । अन्तिम निष्कर्षमा नपुगे पनि मलाई के विश्वास छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष पुगेर नीति तथा कार्यक्रम सहज ढंगले अगाढि बढ्ने वातावरण बन्छ,’ कांग्रेसका शीर्ष नेतासँगको छलफलपछि प्रधानमन्त्रीले सञ्चारकर्मीसँग भने । 

नीति कार्यक्रम नै प्रभावित हुने भएपछि प्रधानमन्त्रीले रवि लामिछानेको नाम किटान नगरी संसदीय समिति गठन गर्ने प्रस्ताव कांग्रेस नेतासमक्ष गरेका छन् । 

‘प्रधानमन्त्री अलि पोजेटिभ भएर कुराकानी गर्नुभएको छ । रवि लामिछानेको नाम नकिटी छानबिन समिति बनाऊँ भन्ने प्रधानमन्त्रीको कुरा छ,’ कांग्रेस स्रोतले भन्यो, ‘तर कांग्रेसको मुख्य निसाना गृहमन्त्रीमाथि छ । अब कांग्रेसले सोमवार बस्ने संसदीय दल कार्यसमिति र संसदीय दलको बैठकबाट आवश्यक रणनीति तय गर्छ ।’

सांसदहरूबाट समेत सुझाव लिन कांग्रेसले बैठक बोलाएको हो । 

 

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

जेठ २, २०८१

सहकारीपीडितको अर्बौ‌ं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...

चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

श्राद्ध के हो र कसरी गर्ने ?

श्राद्ध के हो र कसरी गर्ने ?

असोज २, २०८१

आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

चाडपर्वमा किन बढी हुन्छ सवारी दुर्घटना ?

असोज १, २०८१

विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...

विपरीत दिशाका यात्री

विपरीत दिशाका यात्री

भदौ २९, २०८१

केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो ।  बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...

x