२४ असार २०८३, बुधबार
लागूऔषध ऐन संशोधन

ट्रामाडोल र टपेन्टाडोल लागूऔषधको सूचीमा, जथाभावी बिक्री गरे १० वर्षसम्म कैद

जेठ ३, २०८१
काठमाडौं
ट्रामाडोल र टपेन्टाडोल लागूऔषधको सूचीमा, जथाभावी बिक्री गरे १० वर्षसम्म कैद

सरकारले मनोद्दीपक औषधिहरू ट्रामाडोलटपेन्टाडोललाई लागूऔषधि सूचीमा राखेको छ । मन्त्रिपरिषद्ले गत साता लागूऔषध नियन्त्रण ऐन, २०३३ को अनुसूचीमा संशोधन गर्दै ट्रामाडोलटपेन्टाडोललाई लागू औषधिको सूचीमा राखेको हो । लागूऔषध नियन्त्रण ऐन, २०३३ को दफा ३ खण्ड ‘क’को उपखण्ड (७)को प्रावधानअनुसार ट्रामाडोलटपेन्टाडोललाई लागू औषधिको सूचीमा राखिएको हो । 

null

अब चिकित्सकको सिफारिसबिना यी औषधि बिक्री गरेमा फार्मेसी सञ्चालकलाई १० वर्षसम्म कैद सजाय हुने भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी)ले विगत तीन वर्षदेखि यी औषधिलाई लागूऔषधको सूचीमा राख्न प्रयास गर्दै आएको थियो । औषधि व्यवसायीको चलखेलका कारण यसअघिका प्रयास निरर्थक हुँदै आएका थिए । 

औषधि पसलबाट यस्ता औषधिको व्यापक दुरुपयोग हुँदा लागूऔषध दुर्व्यसनी बढेको निष्कर्षसहित एनसीबीले प्रहरी प्रधान कार्यालयमार्फत् गृह मन्त्रालयमा ऐन शंसोधनका लागि प्रस्ताव गरेको थियो । ऐन संशोधनसँगै अब फार्मेसी सञ्चालकमाथि कडाइ गरिने एनसीबीका प्रमुख एसएसपी गोविन्द थपलियाले बताए । 

अब औषधि पसलले यस्तो औषधि नियमविपरीत बिक्री गरेमा लागूऔषध ऐनअनुसार फौजदारी मुद्दामा कारबाही हुने थपलियाले बताए । उनका अनुसार प्रहरीले अब फौजदारी कसुरमा अनुसन्धान गर्न र अभियोजन गर्न पाउने भएको छ । 

null

प्रहरी मुख्यालयले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई लागूऔषध दुर्व्यसनमा देखिएका नीतिगत समस्याबारे जानकारी गराएपछि उनले मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव लगेर ऐनको अनुसूची संशोधन गर्न लगाएका हुन् । संशोधित ऐनको सूची राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा लगिने एसएसपी थपलियाले बताए । 

ट्रामाडोलटपेन्टाडोल अत्यधिक दुखाइ कम गर्न प्रयोग गरिने ‘पेनकिलर’ रूपमा सेवन गर्ने औषधि हुन् । यो सिरिन्ज र ट्याबलेट दुवैमा औषधि पसलमा उपलब्ध हुँदै आएको छ । एनसीबीले गरेको अध्ययनमा औषधि पसलबाट सबैभन्दा धेरै यही औषधि दुरुपयोग भइरहेको देखिएको छ ।

एनसीबी र औषधि व्यवस्था विभागले दुई साताअघि मात्रै काठमाडौंमा सञ्चालित विभिन्न औषधि पसलमा अनुगमन गर्दा पनि यी दुई औषधि चिकित्सकको प्रेस्क्रिप्सनबिना बेचिरहेको तथ्य फेलापरेको थियो । विगतमा अनुगमन र कारबाही फितलो भएकै कारण फार्मेसी सञ्चालकले धेरै नाफा कमाउने उद्देश्यले गोप्य रूपमा लागूऔषध दुर्व्यसनीलाई औषधि बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । 

गृह मन्त्रालयको पछिल्लो सर्वेक्षणअनुसार नेपालमा एक लाख ३० हजार लागूऔषध दुर्व्यसनीहरू छन् । खुला सीमाका कारण गुरुङसेनीहरूले छिमेकी मुलुक भारतका औषधि पसलबाट यस्ता औषधि नेपालभित्र ल्याई बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । 

null

एनसीबीले यो आर्थिक वर्षको चैतसम्म मात्रै ५२ हजार वटा ट्रामाडोल ट्याबलेट बरामद गरेको छ । तर, यो औषधि लागूऔषधको परिभाषाभित्र नपरेका कारण कारोबारीलाई मुद्दा नचलाउन नपाएको एसएसपी थपलिया बताउँछन् । आर्थिक वर्ष २०७८/०७९ मा १६ हजार सात सय ८२ वटा ट्याबलेट ट्रामाडोल बरामद गरेको     प्रहरीले २०७९/०८० मा १९ हजार ७२ वटा ट्याबलेट बरामद गरेको थियो । 

अरु मनोद्दीपक पदार्थको तस्करी बढ्दो
बुप्रेनफिन, डाइजेपाम, फेनारगन, नाइट्रोभेटलाई मनोद्दीपक पदार्थभित्र पर्छन् । यसको बरामद परिमाण हेर्दा तस्करीसँगै दुर्व्यसनी बढेको देखिन्छ । एनसीबीका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा एनसीबीले देशभरबाट बुप्रेनर्फिन ५६ हजार सात सय २९ एम्पुल, डाइजेपाम ५९ हजार ५ सय २८ एम्पुल, फेनारगन ६० हजार २ सय ५७ एम्पुल र नाइट्रोभेट दुई लाख एक हजार सात सय ७७ वटा ट्याबलेट बरामद गरेको छ । २०७९/०८० बरामद बढेको छ । उक्त आर्थिक वर्षमा बुप्रेनर्फिन ६५ हजार दुई सय ४७ एम्पुल, डाइजेपाम ७० हजार ८ सय २७ एम्पुल, फेनारगन ६८ हजार २ सय ६६ एम्पुल र नाइट्रोभेट एक लाख १८ हजार ७ सय ५३ वटा ट्याबलेट बरामद गरेको छ । 

यो आर्थिक वर्षको चैतसम्म प्रहरीले बरामद गरेको परिमाण हेर्दा बुप्रेनर्फिन ३० हजार ६ सय ५० एम्पुल, डाइजेपाम ३४ हजार ७२ एम्पुल, फेनारगन ४१ हजार एक सय ४० एम्पुल र नाइट्रोभेट ट्याबलेट ९० हजार ७२ वटा छ । 

null

‘हामीले बरामद गर्न छाडेका छैनौं, तस्करले पनि ल्याउन छाडेका छैनन्,’ एनसीबी प्रमुख थपलिया भन्छन्, ‘खुला सीमाना नाका हुँदा यसका कारोबारीले सहजै नेपालभित्र ल्याउने गरेको देखिन्छ । विभिन्न सूचनाका आधारमा हामीले पक्राउ गर्ने हो ।’ उनका अनुसार ब्राउन सुगर महँगो हुने भएकाले यसको ‘सफ्टीच्युट’को रूपमा दुर्व्यसनीले मनोद्दीपक पदार्थ सेवन गर्दै आएका छन् । दुर्व्यसनीले डाइजेपाम, बुप्रेनर्फिनफेनारगन तीन वटा मिसाएर सिरिञ्जमार्फत् नसा लिँदै आएका छन् । यी तीन वटा खरिद गर्दा आठ सयदेखि हजार रुपैयाँसम्म तिर्छन् ।

null

एनसीबीका अनुसार नेपालगंजको रुपेडिया र जमुना, वीरगंजको रक्सौल, भैरहवाको बेहलिया–सुनौली नाका र महेन्द्रनगरको गड्डाचौकी हुँदै मनोद्दीपक पदार्थको तस्करी हुँदै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्