×

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्यहीँ कायम रहन सक्दैनन् । 

बाजहरू आकाशमा उडिरहेका छन्, कावा खाँदै माथिमाथि पुगिरहेका हुन्छन् तर, उनीहरू पनि त्यहीँ कायम रहन सक्दैनन् । बाँसको अवस्था त्यस्तै हो, अरूहरूको अवस्था त्यस्तै हो । सबैले जहाँबाट उठेको हो, उठेको थियो त्यही स्थानमा फर्कनै पर्ने हुन्छ । 


Advertisment

एक जना विश्वविख्यात पर्वतारोहीले भनेका थिए, ‘सगरमाथाको शिखरमा पुग्नुभन्दा त्यहाँ टिक्न गाह्रो हुने रहेछ ।’ यो उनको अनुभव हो, जे भोगेका थिए त्यही बताए । सगरमाथा चड्ने धेरै छन् । धेरैले चडिसकेका छन् । अहिले पनि चडिरहेका छन्, चडी नै रहने छन् तर, शिखरमा टिकिरहन भने कसैले पनि सकेका छैनन्, कसैले पनि सक्दैनन्, सक्ने छैनन्  ।


Advertisment

किनकि चडेपछि ओर्लनै पर्ने र गएको स्थानमा फर्कनैपर्ने प्रकृतिको नियम हो । यसको विरुद्धमा कोही पनि जान सक्दैनन्, जान सक्ने छैनन्  । कसैले त्यस्तो धृष्टता गरे उसले कि टुट्नुपर्छ कि फुट्नुपर्छ ।  

एकपटक समुद्रले नदीहरूलाई सोधेछ, ‘बहिनीहरू हो ! तिमीहरू असपासको ठूलठूला रुखहरूलाई जरैदेखि उठाएर ल्याउँछौ तर, किनारमै भएको स–साना वेतहरूलाई भने ल्याउन सक्दैनौ नि किन ?’ समुद्रको कुरा सुनेर नदीहरूले भनेछन्, ‘रुखहरू प्रकृतिको विरुद्ध जान खोज्छन्  । उनीहरूले झुक्न जानेका छैनन् । जति माथि पुग्यो त्यति  त्यहीँ अडिन चाहन्छन् । त्यसैले उनीहरूलाई ल्याउँछौँ  । यसमा प्रकृतिले नै सघाएको हुन्छ तर, वेतहरू त्यस्ता छैनन् । उनीहरू जति माथि पुग्यो उति झुक्छन्, आफ्नो धरतल बिर्सँदैन । त्यसैले उनीहरूलाई ल्याउन सक्दैनौं ।’ 

यस प्रसङ्गमा केकति सत्यता छ त्यो त थाहा छैन तर, माथि पुगेपछि झुक्नैपर्छ भन्ने कुरा भने सत्य हो । जसले झुक्न जानेको हुन्छ उसले प्राकृतिक नियमलाई सन्तुलनमा राखेको हुन्छ । अनि जसले प्राकृतिक नियमलाई सन्तुलनमा राखेको हुन्छ उसलाई कसैले केही गर्न सक्दैनन् । कसैले केही गर्न खोजे प्रकृतिले नै बचाउने काम गर्छ । यसको अर्थ हो जसले झुक्यो उसले जान्यो अनि जसले जान्यो उसले हान्यो । 

हामीलाई थाहा छ अवस्था कसैको पनि स्थिर हुँदैन । न बालकको हुन्छ, न वयस्कको हुन्छ, न प्रौढको । बालक जवान बन्छ, जवान प्रौढ हुन्छ र ऊ पनि सँधै त्यही अवस्थामा रहन सक्दैन । यस्तो किन हुन्छ थाहा छ ? किनकि उनीहरू जहाँ छन् त्यहीँ रहन चाहन्छन् । चाहे प्रत्यक्ष होस् चाहे अप्रत्यक्ष । बालकहरू बालकै बनेर खेल्न चाहलान् । जवानहरू जवानै रहेर मोजमस्ती गर्न चाहलान् । प्रौढको चाहना आफ्नै होला । अरूहरूको चाहना पनि त्यस्तै होला तर, प्रकृतिले यसलाई मन पराउन्न । किनकि परिवर्तन उसको धर्मको हो । उसले हरेकलाई पठाउँदा आफ्नो धर्म पनि सँगै पठाएको हुन्छ  । त्यही धर्मले नै  सबैलाई पुगेको स्थानबाट कुन सड्को खस्काइसकेको हुन्छ पत्तै हुँदैन । 

आमाहरू भन्ने गर्छन् नानी पाँच वर्षको भयो तर, भएको चाहिँ के हो भने नानी पाँच वर्षको  भएको होइन उसको पाँच वर्ष गएको हो  । पाँच वर्ष हुँदा नहुँदै पाँच वर्ष जाने नियम उसले साथमै लिएर आएको हुन्छ, प्रकृतिले साथै दिएर पठाएको हुन्छ ।    

जसले प्रकृतिको यस नियमलाई बुझेको हुन्छ उसले सुख पाउँछ । जसले बुझेको छैन वा बुझ्ने प्रयास गरेको छैन उसले दुःख पाउँछ । अथवा यसलाई यसरी पनि भनौँ जसले प्रकृतिको उक्त नियमलाई पछ्याएको हुन्छ उसले प्राकृतिक नियमलाई सन्तुलनमा राखेको हुन्छ र सुख पाउँछ । जसले बेवास्ता गर्छ उसले प्राकृतिक नियमलाई बिगार्छ र दुःख पाउनुपर्छ ।

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x