कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
धनगढी | जेठ २६, २०८१
भनिन्छ– डाक्टरको व्यवहार र बोलीबाटै बिरामीले केही मात्रामा निको भएको महसुस गर्छन् । त्यसलाई पुष्टि गरेका छन् प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा रेमकुमार राईले । उनी टीकापुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पनि हुन् ।
विगत १६ वर्षदेखि चिकित्सकीय क्षेत्रमा सक्रिय डाक्टर राई बोली र व्यवहारकै कारण बिरामीको प्रमुख रोजाइमा पर्छन् । उनी बिरामी माझ निकै लोकप्रिय छन् । डाक्टर राईका अनुसार उपचारका लागि आउने बिरामी र डाक्टरबीच सुमधुर सम्बन्ध हुनुपर्छ । चिकित्सकहरूले पनि आफ्नो व्यक्तिगत तनाव वा दैनिक कार्य बोझको आक्रोश बिरामीमाथि पार्नुहुन्न । बिरामीसँग सरल व्यवहार र नरम बोलीका साथ उपचार गर्नुपर्छ । ‘अस्पतालमा उपचारका लागि आएका बिरामीले डाक्टरसँग धेरै अपेक्षा गरेका हुन्छन् । त्यस कारण उनीहरूलाई निराश पार्ने काम चिकित्सकबाट हुनुहुँदैन,’ डा राई भन्छन् ।
आमाको प्रेरणाले डाक्टर
‘हुर्किँदै गरेको कलिलो कोपिलालाई हौसला र प्रेरणाले फल्न र फुल्न धेरै मद्दत गर्दो रहेछ,’ यी शब्द डाक्टर राईकै हुन् । संखुवासभाको खादबारीस्थित सामान्य परिवारमा जन्मिएका राई अहिले ४१ वर्षका भए । संखुवासभाको गाउँमै चार कक्षासम्म अध्ययन गरेका राई त्यसपछि भने अध्ययनका लागि काठमाडौंतिर लागे । त्यतिखेर गाउँको सरकारी स्कूलबाट शहरमा अंग्रेजी बोर्डिङ स्कूलमा नयाँ भर्ना गर्ने क्रममा कक्षा तह घटाउने चलन थियो ।
चार कक्षा पढिरहेका राईलाई तीन कक्षामा भर्ना गरियो । उनले राम्रो नतिजा दिँदै गएपछि सात कक्षा नपढी उनले आठ कक्षाको परीक्षा दिए । कक्षा आठमा पनि डिस्डिङ्सन ल्याएपछि उनको परिवारमा खुसी छाएको थियो । ‘मेरो छोरा धेरै मेहनती छ । जान्ने छ डाक्टर बन्छ' भनेर आमाले भन्नुहुन्थ्यो । सानोमा कसैले हौसला दियो भने प्रेरणा दियो भने भविष्यमा केही न केही बन्नका लागि त्यसले धेरै ठुलो मद्दत गर्ने रहेछ । आमाको बोली मेरा लागि लक्ष्य बन्यो, सपना बन्यो, त्यहीअनुसार मैले मेहनत गरे र सफलता पाए,’ डाक्टर राईले भने ।
काठमाडौंमा १० कक्षासम्म अध्ययन गरेका राईले आईएसस्सी गर्ने मनसाय बनाए । त्यसका लागि बायोलोजी विषय लिएर अध्ययन गरे । त्यसमा पनि उत्कृष्ट नतिजा ल्याएका राईलाई एमबीबीएस अध्ययनका लागि चिन जाने अफर आयो । शिक्षा मन्त्रालयबाट चीन जाने तयारी गरिरहेका राई वेटिङ लिस्टमै लामो समय बस्नुपरेपछि निजी प्रयासमै अध्ययनका लागि चीन प्रस्थान गरे । बुवा र हजुरबुवा आर्मीमा आबद्ध थिए । त्यस कारण पनि उनलाई एमबीबीएस पढ्न आर्थिक समस्या थिएन ।
चीनको विश्वविद्यालयले राईको प्रमाणपत्र हरू नतिजा र अंक हेरेपछि पाँच वर्ष छात्रवृत्तिमै अध्ययन गर्ने वातावरण मिलाइदियो त्यो क्षण राईका लागि निकै सुखद थियो । छात्रवृत्तिमै उनले पाँच वर्ष एमबिबिएस अध्ययन गरेर नेपाल फर्किए ।
पहिलो पटकमै लोकसेवा उत्तीर्ण
चीनमा एमबीबीएस अध्ययनपछि नेपाल आएर दुई वर्ष पाटन अस्पतालमा काम गरेका डाक्टर राईलाई उनका एक साथीले लोकसेवा दिन फर्म भरेको हो कि होइन भनेर सोधे । व्यस्तताका कारण डाक्टर राईलाई लोकसेवाको मितिबारे जानकारी थिएन । उनले थाहा पाउने बेलासम्म मिति टरिसकेको थियो । डबल दस्तुरमा मात्रै फर्म भर्ने मौका थियो । त्यो मौकालाई उनले गुमाउन चाहेनन् । डाक्टर राईले लोकसेवा मेडिकल अधिकृत आठौँ तहका लागि फर्म भरे । पहिलो प्रयासमै उनी सफल पनि भए ।
डाक्टर बनेपछि दुई वर्ष चिकित्सकीय पेसामा रहेर काम गरेता पनि उनलाई सरकारी दरबन्दीमा रहेर काम गरेको अनुभव थिएन । मेडिकल अधिकृत आठौँ तहमा नाम निकालिसकेपछि उनको खुसीको सीमा थिएन निकै नौलो र अनौठो महसुस भइरहेको थियो उनलाई । उसो त उनी पाटन अस्पतालमा स्थायी कर्मचारीका रूपमा थिए । तर, उनलाई पिजी अर्थात् स्नातकोत्तर गर्न मन थियो । त्यो बेलासम्म उनलाई लोकसेवा कस्तो हुन्छ भन्ने पनि थाहा थिएन । तर, निकै कम समयको तयारीका बाबजुद पनि उनले लोकसेवा नाम निकाले ।
‘लोकसेवामा नाम निकाल्न धेरैका लागि दाँतबाट पानी निस्किनुपर्ने गरी मेहनत गर्नुपर्ने अवस्था छ । लोकसेवाको परीक्षा निकै प्रतिस्पर्धा मेहनत र अध्ययनप्रतिको समर्पण हो । लेख्ने कला राम्रो बोल्ने कला राम्रो भए सजिलै लोकसेवामा नाम निकाल्न सकिन्छ’, डाक्टर राई भन्छन् ।
मेडिकल अधिकृत आठौँ तहबाट सहसचिव ११औ तहसम्म
पहिलो पटक मेडिकल अधिकृतमा नाम निकाल्दा उनी आफ्नै जिल्ला संखुवासभा जान खोजेका थिए । मागेको वा सोचेको जस्तो नहुने पोस्टिङले गर्दा समस्या सिर्जना गर्यो । कसैलाई दुर्गम त कसैलाई सुगम चाहिएको थियो । त्यहीअनुसार पोस्टिङ हुँदो रहेछ । पदस्थापन, सरुवा वा बढुवाको लागि पावर लगाउनु परेको अनुभव त्यसबेलासम्म डाक्टर राईलाई थिएन । उनले संखुवासभा जान खोजे पनि उनलाई अन्तै पठाइयो ।
त्यो पत्र उनले बुझेनन् डेढ महिना मन्त्रालयमै हाजिर लगाएर संशोधन गरिदिन आग्रह गरे । ‘उहाँहरूले दुर्गम भनेर ताप्लेजुङ पठाउनुभयो। ताप्लेजुङको तेलोक प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख भनेर खटिएपछि त्यहाँ सुधारका थुप्रै कामहरू गर्नुपर्यो । ल्याब अप्रेसन, सुरक्षित गर्भपतन लगायतका कामहरूलाई सफलतापूर्वक सम्पन्न गर्यौँ । व्यवस्थापन समितिसँग गुणस्तर थप्ने विषयमा कुरा नमिलेपछि विदा लेखेर काठमाडौं आएँ, त्यसको केही समयमै व्यवस्थापन समिति अध्यक्षलाई हृदयाघात भएको खबर आयो । त्यो निकै दुखद् क्षण थियो,’ डाक्टर राईले भने
ताप्लेजुङबाट स्नातकोत्तर अध्ययन गर्न वीर अस्पताल गएका डाक्टर राईले केही वर्ष राष्ट्रिय ट्रमा सेन्टरमा काम गरे । उनको बढुवा भयो । त्यहाँको उपप्राध्यापक बने । त्यसपछि उनको कोशी अस्पतालमा सरुवा भयो । ‘म उमेरले सानो भए पनि पदले सिनियर तहको थिएँ । त्यसपछि मेरो त्रिशूली अस्पताल सरुवा भयो। म त्यहाँ मेसु हुँदा थुप्रै सुधारका कामहरू गर्यौँ । डाक्टर टिकाउने समस्या हुन्थ्यो त्यतिखेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरे,’ डाक्टर राईले भने ।
चार वर्षदेखि टिकापुर अस्पतालको प्रमुख, सेवामा उल्लेख्य सुधार
मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारीसहित दशौँ तह हुँदा टीकापुर अस्पतालमा आएका राई अहिले एघारौँ तहका प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डाक्टर हुन् । संघमा दरबन्दी रहेका उनी हाल काजमा विगत चार वर्षदेखि टीकापुर अस्पतालको नेतृत्व गरिरहेका छन् । उनको नेतृत्वपछि टीकापुर अस्पतालको स्वरूप नै फेरिएको छ ।
सुदूरपश्चिम प्रदेशकै गौरवको रूपमा टीकापुर अस्पताललाई हेरिएको छ । विभिन्न विशेषज्ञ सेवा तिनको गुणस्तरसँगै अस्पतालको फोहोर मैला व्यवस्थापनदेखि कर्मचारी खटनपटनलाई व्यवस्थित तरिकाले सञ्चालन गरिरहेका छन् ।
‘म यहाँ आउँदा अस्पतालको अवस्था भद्रगोल थियो । बिरामीले धेरै कुराकाे समस्या भोग्नु परिरहेको थियो । अहिले प्रशासनिक क्षेत्रमा जनशक्तिको क्षेत्रमा र व्यवस्थापनको क्षेत्रमा थुप्रै परिवर्तन ल्याएका छौँ । अहिलेका व्यवस्थापन समिति अध्यक्ष झपट सोडारी निकै सक्रिय हुनुहुन्छ । उहाँका कार्यशैलीका कारणले पनि टीकापुर अस्पतालको स्वरूप फेरिँदै गएको छ । गुणस्तर बढ्दै गएको छ,’ राईले भने ।
टीकापुर अस्पतालमा कार्यरत डाक्टर राई उत्कृष्ट सेवा प्रवाह गरेबापत राष्ट्रपतिबाट समेत विभूषित भइसकेका छन् । ‘नर्मल किसिमका बिरामीहरू पनि उपचारका क्रममा सिकिस्त बन्दा हाम्रो दाँतबाट पानी आउँछ । निकै डर लाग्छ त्यो बिरामी पनि निको हुँदा खुसीको सीमा रहँदैन । अनि सिकिस्त अवस्थामा अस्पताल पुगेको बिरामीलाई पनि बचाउन सक्दाको खुसी अझ बेग्लै हुन्छ । त्यो भुल्नै नसकिने खालको हुन्छ,’ डाक्टर राईले भने ।
चार वर्षदेखि टीकापुर अस्पतालको नेतृत्व सम्हालिरहेका डाक्टर राईलाई कुनै ठुलो महत्त्वाकांक्षा छैन । आफ्नो दैनिकी र जिन्दगीसँग उनी सन्तुष्ट छन् । ‘बिरामीलाई जीवन दिन पाए पुग्छ । चार वर्ष यहाँको जिम्मेवारी पूरा गरी अब योभन्दा ठुलो संस्थामा गएर काम गर्न मन छ । अझ जटिल किसिमका अप्रेसन गर्न मन छ जीवन र मरणको साथमा रहेका बिरामीलाई नयाँ जीवन दिन मन छ। आफ्नो जीवनसँग म निकै सन्तुष्ट छु,’ डाक्टर राईले भने ।
डाक्टर राई चिकित्सकीय र प्रशासनिक क्षेत्रमा मात्र सक्रिय छैन । उनी अध्यात्मतिर पनि निकै रुचि राख्छन् । उनी भन्छन्, ‘म निकै सन्तुष्ट छु । लोभ, पाप, पैसा कमाउने मोह, केही पनि छैन । लोभ भयो भने यसले मनलाई चञ्चल बनाउँछ । शान्त हुन दिँदैन अनि व्यक्ति कहिले खुसी हुन सक्दैन त्यसैले कर्म राम्रो गर्यो भने फल अवश्य राम्रो आउँछ,’ डाक्टर राईले भने ।
डाक्टर राईका अनुसार चिकित्सकहरू भगवान् होइनन् उनीहरूले आफूले पढेको जानेको प्रयोगमा ल्याउने हुन् । बाँकी सबै कुरा भगवान् भरोसा नै हुन्छ । अर्थात् डाक्टरहरूले पनि भगवानमा विश्वास गर्छन् । त्यस कारण कुनै जटिल किसिमको अपरेसन गर्नु पूर्व भगवानलाई प्रार्थना गरिन्छ । ‘आस्तिकले पूजा गर्छन् नास्तिकले गर्दैनन् त्यो आ-आफ्नो रुचि हो । धेरै कुराहरू लेखिएको हुन्छ लेखेको कुराहरू भोग्नुपर्छ लेखेको कुरा मेटेर मेट्न सकिँदैन बस हामीले राम्रो कर्म गर्ने हो अवश्य राम्रो बाटोमा हामी पुग्छौ त्यसले हामीलाई खुसी दिन्छ,’डाक्टर राईले भने ।
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...
मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राण र परवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । व...
धर्मेन्द्र झा ‘नहाए–खाए’ सँगै यस वर्षको महापर्व छठ मङ्गलबार सुरु भइसकेको छ । बुधबार साँझ खरनासँगै परिवारकी मुख्य महिला र अन्य श्रद्धालुले व्रतसँगै पूजा गर्ने प्र...
३०३६ सालको जनमत संग्रह घोषणाको तिथिसम्म नेपाली राजनीतिमा दुई धुरी मात्र थिए, निर्दलीय पञ्चायत र कांग्रेस । अरू दलहरू सैद्धान्तिक रूपमा मात्र उपस्थित थिए, शक्तिको रूपमा होइन । विस्तारै उनीहरू फैलँदै थिए । तत्काल...