×

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार विश्वासको मत प्राप्त गरेका छन् । नेकपा (माओवादी केन्द्र)को चिह्न ‘गोलाकारभित्र हँसिया हथौडा’बाट चुनाव जितेका फणीन्द्र देवकोटाले 'फ्लोर क्रस' गरेपछि मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गरेका हुन् । (माओवादी केन्द्र)को ह्वीपलाई देवकोटाले मानेनन् । 

मंगलबार मन्त्री बन्दै गरेका फणीन्द्र माओवादीकै कोटाबाट संसद्को सामाजिक विकास समिति सभापति थिए । देवकोटाले माओवादीको चिह्नबाट चुनाव जिते पनि आफू पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीमा रहेको जिकिर गर्दै आएका छन् ।


Advertisment

माओवादीसँग चिह्न लिई चुनाव लडेको बाबुरामको पार्टीले संघमा एक र प्रदेशमा २ सांसद जितेको थियो । दुई महिनाअघि पार्टी विभाजन भएपछि बाबुरामसँग फणीन्द्र मात्रै बाँकी छन् ।


Advertisment

नयाँ वैकल्पिक शक्ति निर्माणका लागि जुटेका तर असफल बाबुरामका एक मात्र जनप्रतिनिधि फणीन्द्रले गण्डकी प्रदेशमा गरेको 'फ्लोर क्रस'ले संसदीय व्यवस्थाको अर्को विकृत रूप देखाएको छ । सशस्त्र संघर्ष, लामो राजनीतिक आन्दोलनबाट संविधानसभा र त्यसबाट प्राप्त उपलब्धिमध्ये अहिलेको संविधान एक हो । 

संविधानले गरेको दलीय व्यवस्था, दलको अधिकार र निर्णय मान्नुपर्ने मान्यता हो । दल अर्को हो भने पनि चुनाव चिह्नका कारण कानूनले फणीन्द्रलाई समाजवादी पार्टीको सांसद भनेर चिन्न सक्दैन ।

२०७८ मा गण्डकी सरकार गठन र विश्वासको मतका बेला राष्ट्रिय जनमोर्चाको अन्तिम छटपटीले यस्तै कुरूप संसदीय खेल भएको थियो । पछिल्लोपटक बाबुराममा त्यो प्रवृत्ति दोहोरिएको छ । संयोग जनमोर्चा र भट्टराईको स्कूलिङ एकै हो । जनमतबाट खस्किँदै गरेको अवस्था र प्रवृत्तिमा पनि एकरूपता छ ।

२०७४ को मतलाई समेत संरक्षण गर्न नसकेर जनमोर्चा गण्डकी प्रदेशमा शून्यमा झर्‍यो । अब २०८४ मा बाबुरामको अवस्था कस्तो होला ? त्यो हेर्न बाँकी छ । बाबुराम वरपरका एक्ला हुन्, फणीन्द्र । बाबुरामनजिक रहेका सबै लाखापाखा लागिसके । एउटा पद लिएर बसेका फणीन्द्रले बाबुरामलाई कति भरथेग गर्लान् ? बाबुराम–फणीन्द्रको यो नयाँ यात्रा कहाँ पुग्ला ? राजनीतिक घटनाक्रमले पुष्टि गर्दै जानेछ ।

को हुन फणीन्द्र ?

१० वर्षे सशस्त्र युद्धअन्तर्गत दोस्रो वार्ताकाल (२०५९/०६०) मा डा. बाबुराम भट्टराई तत्कालीन नेकपा माओवादीको वार्ताटोली प्रमुख भएर आए । सोहीबेला बाबुरामलाई स्वकीय चाहियो । त्यतिबेला ललितपुर र मकवानपुरका पार्टी इञ्चार्ज अखिल (क्रान्तिकारी)का अध्यक्ष लेखनाथ न्यौपाने थिए । वार्ता राजधानी वरपर हुने भएकाले स्वभाविक रूपमा पार्टीको बढी गतिविधि हुने जिल्ला ललितपुर थियो ।

बिहान कलंकी पुग्दा एकजना सहायकसहित फणीन्द्र माइक्रोबसबाहिर उभिएका थिए । म माइक्रोबस चढ्दा एक्कासि बाबुराम भट्टराई र उनका बुवा–आमा सिटमा बसेको देखें । बाबुरामसहित बाआमालाई नमस्कार गरें ।

डा. भट्टराई र न्यौपाने जिल्लावासी (गोरखा)का भएकाले स्वाभाविक रूपमा उनीसँग सम्पर्क बढी हुने भयो । वार्तामा आएपछि बाबुरामले आफ्नो सचिवालयका निम्ति भरपर्दो व्यक्ति पठाइदिन लेखनाथलाई आग्रह गरे । जिल्लावासी भएकाले २०५४ सालतिर नेपाल ल क्याम्पस झरेका फणीन्द्र लेखनाथको आँखामा परे । उपत्यकामा पार्टी र विद्यार्थी गतिविधिमा रहेका फणीन्द्रलाई लेखनाथले बाबुरामको सचिवालयमा पठाइदिएका थिए ।

गोरखाको पालुङटार– ४, राउतेपानी ठाँटीपोखराका फणीन्द्र २०६० मा बाबुरामको संगतमा परे, जसका कारण अहिलेसम्म उनलाई छाड्न सकेका छैनन् । दाङबाट विवाह गरेका फणीन्द्रको श्रीमतीतिरका दिदी/बहिनी, आफन्त प्रायः माओवादी राजनीतिमै छन् । उनका नातेदारका कारण फणीन्द्र बाबुरामलाई छोडेर प्रचण्डसँगै बस्छन् भन्ने धेरैको अड्कल थियो । तर फणीन्द्र बाबुरामसँगै रहे । अहिले बाबुरामलाई सबैले छाड्दा समेत फणीन्द्र संसदीय मोर्चाबाट उनलाई साथ दिएर कांग्रेस नेतृत्वको गण्डकी प्रदेश सरकार जोगाउने एउटा पात्र बनेका छन् ।

फणीन्द्र २०६० मा बाबुरामको सचिवालयमा जोडिएपछि यो पंक्तिकारसँग गज्जबको संयोग परेको थियो । बाबुराम नेतृत्वको टोली आएपछि सरकारसँग २ चरणको वार्ता भयो । वार्ताबाट कुनै निष्कर्ष निस्किएन ।

२०६० वैशाख अन्तिम सातातिर देशव्यापी आमसभा गर्ने निर्णय त्यो बेलाको माओवादीले गर्‍यो । सोही क्रममा डा. बाबुराम भट्टराईले गोरखामा सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । त्यतिखेर म कान्तिपुरमा भएकाले गोरखा जानका लागि यिनै फणीन्द्रले सम्पर्क गरेका थिए । बिहानै माइक्रोबसको व्यवस्था गरिएको जानकारी अघिल्लो साँझ गराइको थियो । 

स्पेसटाइम दैनिकबाट यदु देवकोटा पनि थिए । हाल अमेरिका रहेका यदु गोरखा निवासी नै भएकाले उनलाई त्यहाँ जान झन् सहज थियो । मलाई कलंकीबाट रिजर्भ माइक्रोबस चढ्न सूचित गरिएको थियो । त्यतिबेला माओवादीहरू अहिलेजस्तो छुट्टा–छुट्टै गाडीमा सेक्युरिटी लिएर तडकभडकसाथ हिँड्ने चलन थिएन । 

बिहान कलंकी पुग्दा एकजना सहायकसहित फणीन्द्र माइक्रोबसबाहिर उभिएका थिए । म माइक्रोबस चढ्दा एक्कासि बाबुराम भट्टराई र उनका बुवा–आमा सिटमा बसेको देखें । बाबुरामसहित बाआमालाई नमस्कार गरें । डा. भट्टराई ४८ वर्ष पुग्दाको दिन उनीबारे एउटा स्टोरी लेखेको थिएँ । त्यो बेलादेखि बाआमा, बाबुरामका भाइ शिव र भाउजूसँग मेरो राम्रै चिनजान थियो ।

‘ए, यो बाबु पनि हो जाने ?’, बाबुरामकी आमाले भनिन् ।

‘उहाँलाई पहिल्यैदेखि चिन्नुहुन्छ है ?’, डा. भट्टराईले हाँस्ने हुहुहु.. शैलीमा आमालाई सोधेका थिए । 

त्रिभुवन पार्क छेउमा ५ मिनेट जति गाडी रोकिनुपर्ने भयो । त्यहीबेला बाबुरामले मलाई भनेका थिए, ‘मानुषीलाई बेलायत पढ्न पठाएको भन्ने समाचारमा अलिक मिस कम्युनिकेसन भएछ तपाईंलाई ।’

‘त्यो त बेलायतबाटै पुष्टि भएर लेखेको समाचार हो डा’साप, केही त्यस्तो त भएन नि ?’, मैले प्रतिप्रश्न गरें ।
 
‘ठिकै छ, त्यस्तो कहिलेकाहीँ हुन्छ,’ उनले त्यति मात्रै भने । अखिल (क्रान्तिकारी)ले २०५९ को एसएलसी हुन नदिने भनेर देशभर शैक्षिक संस्थामाथि आक्रमण गरेको थियो । त्यही सन्दर्भमा मानुषी बेलायतमा रहेको समाचार लेखेको थिएँ । 

कुरिनटार पुग्ने बेला पिपलको बोटनिर लामै जाम पर्‍यो । जाम खुलेपछि मनकामना आइपुग्ने बेलामा फणीन्द्रले एक्कसि चालकलाई भने– ‘गुरुजी, गाडी रोक्नुस् त ।’

‘आफ्नै जिल्ला भए पनि आमा–बुवा अहिलेसम्म केबलकार चढ्नुभएको छैन । आज मौका परेको बेला यतैबाट केबलकार चढाएर जाने विचार हो । हामीले जनयुद्ध शुरू गरेपछिको विकास हो यो । मेरा लागि पनि पहिलो अनुभव हुनेछ’, बाबुरामले केबलकार चढ्ने योजना सुनाउँदै भनेका थिए । 

तलमाथि सरर गर्ने केबलकार धेरै रोकिन्न । धेरै नरोकिने भएकाले चढ्ने बेला बुवाआमा र एकजना भाइसँग बाबुराम केबलकार चढे । ‘उजिरजीलाई पठाउनुस्’ बाबुरामले फणीन्द्रलाई अह्राए ।
 
माथि पुगेपछि मन्दिर घुम्न शुरू गरियो । मनकामना मन्दिरको पश्चिमतिरबाट बाबुरामले आफ्नो गाउँ खोप्लाङ्ग देखाए । बलि दिएकोेतिर आमाले आँखा डुलाइन् ।

‘रगत धेरै बगिसक्यो आमा’, बाबुरामले आमालाई सम्झाउँदै भनेका थिए । 

मन्दिरको मूल ढोकानिर आउँदा बाबुरामले फेरि आमाको आशयलाई बुझ्दै भनेका थिए, ‘मनकामना मन्दिर हेरियो, पूजाआजा गर्नु जरुरी छैन, जाऔं आमा ।’

‘आफ्नै जिल्ला भए पनि आमा–बुवा अहिलेसम्म केबलकार चढ्नुभएको छैन । आज मौका परेको बेला यतैबाट केबलकार चढाएर जाने विचार हो । हामीले जनयुद्ध शुरू गरेपछिको विकास हो यो । मेरा लागि पनि पहिलो अनुभव हुनेछ’, बाबुरामले केबलकार चढ्ने योजना सुनाउँदै भनेका थिए । 

मन्दिरबाट फर्किनै लाग्दा बाबुरामसँग फोटो खिच्ने ‘फ्यानहरू’ हुरुरु आए । त्यही मौकामा बाबुरामले आमाको हात समाएर डोहोर्‍याए । मन्दिरको गजुर देखिनेगरी फोटो खिच्ने मौका त्यही बेला मिल्यो । केहीबेरमा तल रहेका बाँकी साथीहरू मन्दिर आइपुग्दा बाबुराम आमाबुवासँग  घुमिसकेका थिए ।
केबलकारबाट ओरालो लाग्ने बेला बाबुरामले आमालाई भनेका थिए, ‘आमा हामीले विकास गर्न खोजेको पनि यस्तै हो । देशभरि यस्तै विकास गर्ने हो । ऊ तल हेर्नुस् त, मुग्लिनको बाटो कस्तो देखिन्छ ?’

गोरखा सदरमुकाम पुगेर समाचार लेखें बाबुरामले बाआमासँग मनकामना दर्शन गरेकोबारे । गोरखामा कान्तिपुरका लागि ईश्वरी न्यौपाने (हाल अमेरिका)ले रिपोर्टिङ गर्थे । उनीसहित संयुक्त बाइलाइनमा समाचार लेखेपछि अर्को दिन बिहान निकै चर्चा भयो ।

गोरखामा फोटो कलर ल्याब नभएकाले फोटो पठाउने सम्भावना थिएन । अर्कोदिन सभा भयो । सभा हुने बेला बाबुरामले बाआमालाई पनि मञ्चमै राखे । बाबुरामले त्यही भाषणमा चिरञ्जीवीकुमार वाग्लेलाई ‘खुर्सानी माइलो’ भनेर उपनाम दिएका थिए । ईश्वरी र मैले सोहीबमोजिम समाचार पठायौं । भोलिपल्ट कान्तिपुरमा बाबुरामको मुख्य समाचारसँगै ‘खुर्सानी माइलो’ शीर्षकमा बक्स समाचार बनेछ ।

दुई दिनपछि काठमाडौं फर्किएँ । त्यतिबेलासम्म बाबुरामले बाआमालाई मनकामना दर्शन गराएको बहस सेलाएको थिएन । दुई दिनपछि रिल सफा गरें । मनकामना मन्दिरवरपर बाबुरामले आमाबुवालाई दायाँबाँया राखेर हिँडाएको गज्जबकै फोटो रहेछ । नारायण दाइलाई देखाएँ ।

‘लाटा, यस्तो गज्जबको फोटो किन लुकाएको ? अस्ति स्टोरीमा राख्न पाएको भए झन् कति राम्रो हुन्थ्यो होला ? ल आज मेन फोटो,’ नारायण दाइले भने ।

‘कोशेलीमा लोख्नुपर्ला भनेर दाइ, हिजो रिल सफा गर्ने पैसा नभएर पनि हो,’ मैले जवाफ फर्काएँ ।

‘ठीक छ, अस्ति समाचारमा आएकोबाहेक अनुभव लेख, राम्रो हुन्छ । अरू धेरै फोटो कोशेलीमा युज गरौंला । यो फोटो त भोलि पनि चर्चा हुन्छ, गज्जबको छ’, फोटो छान्दै नारायण दाइले भनेका थिए ।

अर्को बिहान मुख्य फोटो भएर आउँदा थप चर्चा भयो । 

साताको चर्चित फोटो र स्टोरी भनेर अंग्रेजी नेपाली टाइम्स साप्ताहिकले साभार गर्थ्यो । पछि त्यही फोटो र डा. भट्टराई बाआमासँग मनकामना पुगेको समाचारलाई नेपाली टाइम्सले साभार गर्‍यो ।

डा. भट्टराईको आमाको निधन भयो । डा. भट्टराईको लेख नेपालमा आएछ आमाको सम्झनामा । त्यही फोटो कान्तिपुरबाटै पुनः खिचेर नेपाल साप्ताहिक म्यागेजिनले साभार गरेको थियो ।

२०६० देखि बाबुरामसँग रहेका यिनै फणीन्द्र त्यो बेलाका समाचारका सूत्राधार थिए । यतिखेर गण्डकी प्रदेश सरकार जोगाउन अंकगणितमा सामेल भएका छन् । राष्ट्रिय राजनीतिमा बाबुरामको ओरालो यात्राका सहयात्री फणीन्द्रको गण्डकी प्रदेशको यो राजनीतिक यात्रा कहाँसम्म पुग्छ, त्यो भने भावी दिनले नै देखाउने छ ।

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x