२९ जेठ २०८३, शुक्रबार

गर्मी अत्यधिक बढेपछि बिहीबार र शुक्रबार विद्यालय बन्द​​

जेठ ३०, २०८१
तनहुँ
गर्मी अत्यधिक बढेपछि बिहीबार र शुक्रबार विद्यालय बन्द​​

तनहुँको ​आँबुखैरेनी गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालय २ दिन बिदा गर्न निर्देशन दिएको छ ।

अत्यधिक गर्मीका कारण विद्यालयमा हुने पठन-पाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने देखिएकाले २०८१ जेठ ३१ र ३२ गते विद्यालय बिदा गर्न निर्देशन दिइएको हो । 

पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा सामुदायिक तथा संस्थागत सबै विद्यालयमा बिदा दिन अनुरोध गरिएको छ ।​

'आँबुखैरेनी गाउँपालिकाको मिति २०८१/०२/३० गतेको निर्णयअनुसार विगत केही दिनदेखि बढेको अत्यधिक गर्मीका कारण विद्यालयमा हुने पठन-पाठन तथा विद्यार्थीको स्वास्थ्यमा समेत प्रत्यक्ष असर पर्न सक्ने देखिएकाले यही मिति २०८१/०२/३१ गतेदेखि २०८१/०२/३२ सम्म वर्षे विदाबाट मिलान हुने गरी गाउँपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठन-पाठन नगर्नू/नगराउनू हुन सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,' जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्