
लोकसेवा आयोगले लिने परीक्षामा गत वर्ष आवेदन दिनेहरूको संख्या ह्वात्तै बढ्यो । यसले सरकारी सेवामा युवायुवतीको लोभलाग्दो आकर्षण देखिएको पुष्टि गरेको छ।
सरकारी सेवामा कर्मचारी छनोटको जिम्मेवारीमा रहेको लोकसेवा आयोगले आर्थिक वर्ष २०७९\८० मा सरकारी सेवाका विभिन्न ३ हजार ३ सय ५७ पदका लागि गरेको विज्ञापनका लागि ४ लाख ८३ हजार २ सय ३ जनाले आवेदन दिएका छन्। यसरी आवेदन दिनेमा महिला २ लाख २७ हजार ६ सय २२ जना र पुरुष २ लाख ५५ हजार ५८१ जना रहेका छन्।
लोकसेवा आयोगको परीक्षामा आवेदन दिएकाहरूको यो संख्या अघिल्लो वर्षभन्दा ३२.२३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा विभिन्न पदका लागि ३ लाख ६५ हजार ४ सय ३४ जनाले आवेदन दिएका थिए। नेपाल समाचारपत्रमा खबर छ ।