०६ साउन २०८३, बुधबार

दमौली अस्पतालमा दुई थान डायलाइसिस मशिन थपिए

असार ९, २०८१
काठमाडौं
दमौली अस्पतालमा दुई थान डायलाइसिस मशिन थपिए

तनहुँ–संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै संयुक्त लगानीको निजी क्षेत्रको कम्पनी सूर्य नेपालले दमौली अस्पताललाई  २८ लाख रुपैयाँ बराबरका दुई थान हेमोडायलाइसिस मशिन प्रदान गरेको छ ।

कम्पनीका जनसम्पर्क प्रमुख अन्जन दवाडीले दमौली अस्पतालका प्रमुख डा परिवर्तन बराललाई शनिबार ती मशिन हस्तान्तरण गरेका हुन् ।  

अस्पतालमा हाल १० वटा डायलाइसिस मशिन छन् । अस्पतालले दैनिक आठ वटा मशिन सञ्चालन गरेर ५६ जना मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा प्रवाह गरिरहेको डा बरालले जानकारी दिए । एउटा मशिनबाट दैनिक तीनजना बिरामीले सेवा लिइरहेका छन् । –रासस–

salt training

कमेन्ट गर्नुहोस्