×

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ ।

तर, देश चिन्ता र चासोले मात्र बन्दैन, चाहिन्छ चिन्तन पनि । के भयो ? किन परिस्थिति अनुकूल बनेन र कसरी सही बाटो पत्ता लगाउने भन्ने सोचविचारले मान्छेमा सकारात्मक ऊर्जा जगाउँछ । त्यही ऊर्जाले देश बनाउँछ । विनाचिन्तनको चिन्ताले मान्छेलाई कुरौटे बनाउँछ । कर्म सिकाउँदैन । विनाकर्मको अल्छीबाट देश बन्दैन ।


Advertisment

देश बनेन भन्ने चिन्ताले हामीलाई अल्छी बनाएको छ । कुरौटे बनाएको छ । कुरौटेलाई कुरा काट्न पाए पुग्छ । उसलाई यथार्थ मतलब हुँदैन । हो समस्या यहीँबाट शुरू हुन्छ । हरेक समस्या यथार्थबोधको अभावले जन्मिन्छ । यस्तो समाजमा भ्रम विस्तार हुन्छ । सत्य छोपिन्छ । 


Advertisment

सामान्यतः समाजले जे जुन रूपमा भए पनि एक किसिमको यथार्थलाई स्वीकृति दिएको हुन्छ । त्यो परम्परागत होस् या तात्कालिक तथा समयसापेक्ष त्यसले केही फरक पार्दैन । तर, समाजका केही ठालू वर्ग वा समूह विशेषले त्यसलाई स्वीकार गर्दैनन् । यसकारण कि उनीहरूको मतलवसिद्धिमा त्यसले बाधा पुर्‍याउँछ । अनि तिनबाट भ्रम फैलाउन थालिन्छ । अबुझहरू त्यसको पछि लाग्छन् । त्यो समूह जहाँ पनि ठूलो हुन्छ । उसले यथार्थ किच्छ र समस्या बल्झँदै जान्छ । समाज विभक्त हुन्छ । भाँडिन्छ । प्राप्तिको निश्चित विन्दुमा पुगिँदैन ।

हो हामी यस्तै भ्रान्तिको शिकार भएका छौं । सत्य सुन्दै नसुन्ने भएका छौं । सत्य हराएको समाजको उन्नति हुँदैन । कुरा राजनीतिबाटै गरौं । यथार्थतः राजनीति एउटा निश्चित विचार र सिद्धान्तमा आधारित हुन्छ । त्यसको आफ्नै मूल्य, मान्यता र दर्शन हुन्छ । यो मैले भनेको होइन, विद्वान र राजनीतिकर्मीहरूले नै भनेका हुन् । एउटा राजनीतिक विचार र सिद्धान्तको समूहले अर्को राजनीतिक विचार र सिद्धान्तको समूहलाई खराब तथा आफूलाई अब्बल ठान्छ । 

यसमा जो जसको विचार र सिद्धान्तमा विश्वास गर्छ, त्यो त्यतै लागोस् । छुट दुवैथरिलाई छ । तर, जब दुईविपरीत सिद्धान्तका हिमायतीहरू एकैठाउँमा घुलित भएर पनि आ–आफ्नो सिद्धान्तको कुरा गर्छन्, तब समस्या पर्छ, किनभने त्यतिबेला उनीहरू यथार्थ बोल्दैनन् । भ्रम छर्छन् । ठीक र बेठीक पत्ता लगाउन सकिँदैन । 

जस्तो कि नेपाली कांग्रेस र माओवादी केन्द्रको विचार र सिद्धान्त मिल्दैन । यो सबैलाई थाहा छ । चुनाव मिलेर लडे ।  राजनीतिक विचारको छनोट नै गर्न पाइएन । त्यसो गरेर चुनावमा सर्वाधिक जनचासो हुने विचारको विकल्प मारे उनीहरूले । सत्तामा भागबन्डा गरेर पद बाँडिरहन्छन् । र, पनि भन्छन् हामी फरक–फरक विचार र सिद्धान्तका हौं । हामी जनताका खातिर र देशहितका लागि मिलेका हौं । यही हो भ्रमको खेती । यो खेतीले हामीलाई त्यही फसल पस्केको छ । हामी मख्ख छौं । चौतारी वा चिया पसलमा बसेर चुड्की लगाएर कुरा काट्छौं । यथार्थ पत्तो छैन । जताततै भ्रम छ । यस्तो भ्रम हामीकोमा कहिले हट्छ ? अहँ हट्दैन, किनभने जे हो, त्यो सत्य सुन्ने र आफू सच्चिने साहस आमनेपालीले गुमाइसकेका छन् । सत्य सुनेर स्वीकार नगर्दासम्म कुनै पनि खाले भ्रम हट्दैन ।

हो, त्यसैले उन्नति हुँदैन देशको । यो भन्दा घातक भ्रम कति छन् कति । हामी थाहा पाएर पनि थाहा नपाएजस्तो गरी बाँचेका छौँ । यस्तालाई थाहा दिन खोज्नु मूर्ख प्रयास हुन्छ । मलाई थाहा छ, म यहाँ त्यही मूर्ख काम गरिरहेको छु । 

पौडिन जानेपछि मात्र गहिरो दहमा डुबुल्की लगाएर आउन सकिन्छ भन्ने बोध सबैमा हुनैपर्छ । त्यो बोध छैन भने पौडिन नजाने पनि तपाईं दहमा हामफाल्नु हुन्छ । त्यसपछिको परिणाम भन्नु परोइन । 

आगोले पोल्छ । पानी चिसो हुन्छ । हावाले उडाउँछ । माटोमा उर्वरा शक्ति हुन्छ । आकाश खाली र अनन्त छ । हो यस्तै उस्तै दुरुस्तै नभए नि समाजले किसिम किसिमको यथार्थ किटान गरेको छ । त्यसलाई सोहीरूपमा हामीले नै स्वीकृति प्रदान गरेका छौं । कति विश्वासमा कति अन्धविश्वासमा, कति वैज्ञानिक प्रमाणका आधारमा र कति श्रुति परम्पराको आधारमा । कतिपय विषयबारे यो गर्ने र यो नगर्ने भनेर राज्यले कानूनै बनाएर लागू गरेको पनि हुन्छ, बनाएको पनि छ ।

चौतारी वा चिया पसलमा बसेर चुड्की लगाएर कुरा काट्छौं । यथार्थ पत्तो छैन । जताततै भ्रम छ । यस्तो भ्रम हामीकोमा कहिले हट्छ ? अहँ हट्दैन, किनभने जे हो, त्यो सत्य सुन्ने र आफू सच्चिने साहस आमनेपालीले गुमाइसकेका छन् ।

हो, यही यथार्थबोध गरिँदैन र जथाभावी आफ्नो गोरुको बाह्रै टक्का भनिन्छ भने त्यो गोरु बिक्दैन । गोरु बेच्ने नै हो भने यथार्थपरक र उचित मूल्य गर्नैपर्छ । त्यो हामीले आफैं गर्नुपर्छ । नसके जान्ने वा बोध भएकालाई गुरु थापौँ, अर्को उपाय छैन । सुन्ने र बुझ्ने साहस गरौं । जीवहत्या अपराध हो । हाम्रो समाजले यही स्वीकार गरेको छ । 

हो, समाजमा अन्याय भएको अवस्थामा त्यहाँ क्रान्ति वा विद्रोह हुन्छ । तर, काटमार वा हिंसात्मक युद्ध वर्जित छ । मान्छेले मान्छे काट्ने, मार्ने युद्ध वा हिंसा कुनै पनि बहानामा अनि कुनै पनि जमानामा जायज हुन्न । युद्ध युद्ध नै हुन्छ । धर्मयुद्ध वा धर्महिंसा हुँदैन । मान्छे मार्ने युद्ध कुनै पनि मानेमा धर्म हुन्न, अपराध हुन्छ । महाभारतको लडाइँ, मारकाट र हिंसाको कथालाई धर्मयुद्ध मान्नेहरूले यो कुरा पचाउँदैनन् । त्यस्ताले प्रचण्डको १० वर्षे हिंसा र काटमारलाई सही ठानेर गौरव मान्छन् । जनयुद्ध दिवस मनाउँछन् । तर, त्यो अपराध हो । पाप हो ।

अपराध गर्नुहुँदैन । त्यो वर्जित छ, तर हुन्छ, गर्छन्, गराइन्छन् । यसमा सत्य के हो भने हरेक जीवमा हिंसा र हत्याको भाव हुन्छ । उसका प्रकट गर्ने रूप र शैली फरक हुन्छन् । कसैले बचनले गर्छ त कसैले व्यवहारले गर्छ । कसैले एक्लै गर्छ, कसैले समूहमा । कसैले आफूले आफैंमाथि हिंसा गर्छ, आफ्नै हत्या गर्छ । मान्छे आफूले गरेको आफ्नै हत्यालाई समेत हामी र हाम्रो समाजले अपराध मानेको छ । कानून समेत त्यसरी बनाइएका छन्– आत्महत्या अपराध हो भनेर । 

अब भन्नुस्, तपाईं आफू निजरूपमा आफ्नो हत्या गर्न समेत पाउनु हुन्न र गरेमा तपाईंको आफ्नै कानूनमुताविक अपराधी मानिनुहुन्छ भने दोस्रोको हत्या कुन बहानामा अनि कसरी सही मान्नुहुन्छ ? हत्यामा बहाना वा कुनै जायज कारण हुँदैन, किनभने यो गर्नै पाइँदैन । 

हो, युद्धमा मान्छे मर्छन्, मारिन्छन्, काटिन्छन् । क्रुरताको सीमा पार हुन्छ । यस्तै भएको छ, इतिहासमा । भोलि भविष्यमा पनि नहोला भन्न सकिन्न । हुन्छ, पक्कै हुन्छ । तर, त्यो सही थियो वा हो भन्नु भ्रमको उच्च खेती हो । 

राज्यशक्ति समाजका ठालूहरूले बनाएका हो । ठालूहरूकै खातिर हो । त्यसको भोग गरौं । जनतालाई कजाउनुस् । सिद्धान्त र विचार पनि अब तपाईंकै दाइजो भयो, लग्नुस् । जता स्वाद पर्छ, उतै उपयोग गर्नुस् । मान्छे मारेर नेता बनेपछि त्यसबापतको खत माफ लिनुस् र आफन्तलाई पनि खत माफ दिनुस् । पुरस्कार थाप्नुस् । विश्वको शान्ति पुरस्कारै लिनुस् । केही छैन ।

तर, हिंसा र हत्यालाई अपराध भन्नुस् । नसके हाम्रो मुख नथुन्नुस्, हामी भन्छौं । समाजमा कुनै पनि प्रकारको हिंसा वर्जित छ । व्यक्ति हत्या युद्धमै भए पनि वा दोहोरो गोली हानाहानमा भए पनि प्रकृतितः नाजायज हो । हत्या नै हो । 

‘वीर भोग्या बसुन्धरा’ यसको व्याख्या जसरी गरियोस्, खासमा हतियार उठाएर युद्ध गर्नेहरू वीर हुँदैनन् । वस्तुतः ती डरपोक र अपराधी हुन्छन् । असली वीरले विचार उठाउँछन् । विवेकले शासन गर्छन् । ती सन्त महामना हुन्छन् । नायक तिनै हुन् । अहिलेको संसारमा तिनीहरू कतै देखिएका छैनन् ।

संसारमा जबसम्म नानाविधि निहुँ झिकेर युद्धको नाममा मान्छे मार्नुलाई जायज ठान्ने र भन्ने गरिन्छ, तबसम्म सांसारिक हित हुँदैन । भ्रमपूर्ण तर्क जति गरे पनि इजरायल–हमासको गाजा युद्ध, युक्रेन–रुस युद्ध कुनैलाई पनि जायज मान्न सकिन्न, हुन्न ।  

कुनै पनि खाले शासन व्यवस्था वा भूमि हडप्ने बहानामा मान्छे मार्न पाइँदैन । मान्छे मार्नेहरू अपराधी नै हुन् । भलै कानून बनाएर उनीहरूले आफूलाई चोखो बनाऊन्, वा ठानून् । ती सधैँ दण्डनीय नै रहन्छन् । तर, ज्यान नै लिने दण्ड तिनका नाममा पनि वर्जित हुन्छ । अर्थात्, मृत्युदण्ड स्वयंमा अर्को अपराध हो । राष्ट्रिय वा अन्तर्राष्ट्रिय तहका कथित कानून बनाएर हत्यारालाई दण्डमुक्त गर्नु त्यो भन्दा ठूलो अपराध हो । 

हाम्रो देश, हाम्रो राज्य त्यही अपराध गर्ने बाटोमा लागेको छ र हामीहरू त्यही अपराध पथका सहयात्री बनेका छौं भने अब थप के कुरा गर्ने ? भोग्नुस्, कर्मको फल । यो नियति हैन ।

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x