
इन्फिनिक्सले नेपाली बजारमा जीटी २० प्रो स्मार्टफोन सार्वजनिक गरेको छ । सार्वजनिक फोनको मूल्य १२ + २५६ जीबीका लागि ४७ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।
यसले उन्नत प्रविधि, उत्कृष्ट प्रदर्शन र आकर्षक डिजाइनको साथ स्मार्टफोन बजारलाई परिवर्तन गर्ने कम्पनीको दाबी छ । नजिकको मोबाइल आउटलेट र अनलाइनमा दराजमार्फत यो मोबाइल खरिद गर्न सकिने छ ।
कम्पनीका अनुसार पब्जी मोबाइल सुपर लिगको आधिकारिक गेमिङ फोनको रूपमा आवश्यक पर्ने उपकरणहरू यस फोनमा जडान गरिएको छ ।
अद्वितीय प्रदर्शन : कम्पनीका अनुसार जीटी २० प्रोमा नेपालको पहिलो मिडिया टेक डाइमेन्सिटी ८२०० प्रोसेसर छ, जुन ४ एनएम अक्ट कोरको साथ उपलब्ध हुन्छ । यसले उच्च प्रदर्शन र ऊर्जा दक्षता प्रदान गर्दछ । यसको एन २२ स्कोर ९५० के प्लसभन्दा बढी छ ।
१२० एफपीएसलाई समर्थन : इन्फिनिक्स जीटी २० प्रोले पब्जी मोबाइलमा १२० एफपीएस समर्थन गर्दछ, जसले हरेक सेकेन्डमा १२० फ्रेमहरू प्रदर्शन गर्न सक्छ । यो १४४ हर्ज उच्च रिफ्रेस दर र १२० एफपीएसले गेमिङ अनुभवलाई थप जीवन्त बनाउने कम्पनीको भनाइ छ।
साइबर मेका डिजाइन २.० : कम्पनीका अनुसार जीटी २० प्रो स्मार्टफोन ‘आउटलेयिङ दी रेस्ट’ को भावना अपनाउँदै डिजाइन गरिएको छ । ‘साइबर मेका डिजाइन २.०’ अवधारणाबाट प्रेरित यस स्मार्टफोनमा तिरछा रेखा, सूचनाका लागि मेका लुप लाइटिङ र मेका बनोवट रहेको छ । यो मेका ब्लु, मेका ओरेन्ज र मेका सिल्भर रंगहरूमा उपलब्ध छ ।
समर्पित गेमिङ डिस्प्ले चिप : इन्फिनिक्सले पिक्सेल वर्क्ससँग साझेदारी गरेर एक्स५ टर्बो गेमिङ डिस्प्ले चिप समावेश गरेको छ, जसले पब्जी मोबाइलका लागि ९० एफपीएस र १२० एफपीएस समर्थन, सुधारिएको रिजोल्युसन, सधैं–चालु एचडीआर र कम–विलम्बता एमईएमसी प्रविधि जस्ता सुविधाहरू प्रदान गर्दछ । यसले विना लग वा स्टटर उत्कृष्ट गेमिङ अनुभव सुनिश्चित गर्दछ ।
उन्नत गेमिङ प्रविधि : जीटी २० प्रोले स्थिर फ्रेम दर इन्जिन, बाइपास चार्जिङ र ४५डब्लु सुरक्षित चार्जिङ सहित ५ हजार एमएएच ब्याट्री जस्ता अत्याधुनिक प्रविधिहरू रहेका छन् । इन्फिनिक्सको भीसी च्याम्बर कुलिङ प्रविधिले तीव्र गेमिङका क्रममा थर्मल व्यवस्थापन सुनिश्चित गर्दछ ।
ब्लोट-रहित सफ्टवेयर अनुभव : जीटी २० प्रोले एन्ड्रोइड १४ आधारित एक्सओएस १४ मा चल्ने भएकोले न्यूनतम पूर्व-स्थापित एप, तीन वर्षको सुरक्षा प्याच अपडेट र दुई एन्ड्रोइड अपग्रेडहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
व्यावसायिक-ग्रेड क्यामेरा प्रणाली : कम्पनीका अनुसार जीटी २० प्रोमा १८० एमपी ओआईएस मुख्य सेन्सर, २ एमपी टेलिफोटो लेन्स र २ एमपी म्याक्रो लेन्ससहितको क्वाड–क्यामेरा सेटअप रहेको छ ।
३२ एमपी फ्रन्ट क्यामेराले स्पष्ट र विस्तृत सेल्फी र उच्च–गुणस्तरीय भिडियो कल सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
वारेन्टी : इन्फिनिक्स मोबाइलले यसमा १५ महिना वारेन्टी प्रदान गर्दछ।