१० साउन २०८३, आइतबार

आठ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर

साउन ९, २०८३
बाग्लुङ
आठ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर
फाइल फोटो

​पहिरोका कारण अवरुद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ ।

बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिरोका कारण यही साउन १ गतेदेखि करिडोर अवरुद्ध भएको थियो ।

दुई वटा लोडर र एउटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाएपछि शुक्रबारदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख हरि सुवेदीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्