२२ असार २०८३, सोमबार

पद्‌मश्री साहित्य पुरस्कारको 'लङलिस्ट' सार्वजनिक, यी हुन् छनोट भएका १५ पुस्तक

असार १५, २०८१
काठमाडौं
पद्‌मश्री साहित्य पुरस्कारको 'लङलिस्ट' सार्वजनिक,  यी हुन् छनोट भएका १५ पुस्तक

पद्मश्री साहित्य पुरस्कार-२०८० का लागि विस्तारित सूची (लङलिस्ट) सार्वजनिक भएको छ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले पहिलो चरणमा १५ पुस्तकलाई लङलिस्टका रूपमा सार्वजनिक गरेको हो । 

१५ पुस्तक मध्येबाट अर्को महिना उत्कृष्ट ५ पुस्तकको संक्षिप्त सूची सार्वजनिक गरिने प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिए ।  

उनका अनुसार प्राप्त १८६ वटा साहित्यिक पुस्तक मध्येबाट विस्तारित सूची चयन गरिएको हो । 

नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक वर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गरिँदै आएको छ  । 

पद्मश्री उत्कृष्ट विस्तारित सूचीमा परेका कृतिहरू

१. अडिएका पाइला- उपन्यास, विष्णु सापकोटा

२. अद्वैत- उपन्यास, कृष्ण गौतम

३.अर्को देशमा-कथा संग्रह, सानु शर्मा

४.गल्ली संसार-निबन्ध संग्रह, रोशन शेरचन

५. गोधूलि गीत- उपन्यास, भानु बोखिम

६. गोपीचा- उपन्यास, विश्व कुइकेल

​७. जोगियाना- संस्मरण, कुमार नगरकोटी

​८. बहादुर शाह- उपन्यास, चिरन्जीवी वाग्ले

९. बागी स्त्रीको आत्मकथा- कविता संग्रह, सुमिना

१०. बादलडाँडा- नियात्रा, राजेन्द्रमान डंगोल

११. बोरा- उपन्यास, अखण्ड भण्डारी

१२. भृकुटी- उपन्यास, गोविन्दप्रसाद कुसुम

१३. लन्डन अनप्लग्ड- संस्मरण, गोपी सापकोटा

१४. संस्कृति चिन्तन – निबन्ध संग्रह, अरुण गुप्तो

​१५. साखेजुङको उकालो- जीवानाख्यान, भुवनहरि सिग्देल

salt training

कमेन्ट गर्नुहोस्