३० जेठ २०८३, शनिबार
यूके इलेक्सन

बेलायती चुनावको 'अप्रत्याशित' नतिजा : किन हार्न पुग्यो प्रधानमन्त्री सुनकको पार्टी ?

असार २१, २०८१
काठमाडौं
बेलायती चुनावको 'अप्रत्याशित' नतिजा : किन हार्न पुग्यो प्रधानमन्त्री सुनकको पार्टी ?

हालै सम्पन्न बेलायतको आमनिर्वाचनमा प्रधानमन्त्री ऋषि सुनकको पार्टीले ठूलो पराजय भोगेको छ ।​

सुनक नेतृत्वको कन्जरभेटिभ पार्टीले जम्मा १ सय १७ सीट जित्दा लेबर पार्टीले ४ सय ९ सीट जित्न सफल भएको हो ।

बेलायतको द्विसदनात्मक संसदमध्ये हाउस अफ कमन्समा ६ सय ५० सीट छ । लेबर पार्टीले करिब ६३ प्रतिशत मत आफ्नो पोल्टामा पार्न सफल भएको छ ।

बिहीवार सम्पन्न निर्वाचनको मतगणना निर्वाचनलगत्तै शुरू गरिएको थियो । लेबर पार्टीसँगै यो निर्वाचनमा लिबरल डेमोक्रेट्स र रिफर्म युकेले पनि महत्वपूर्ण सफलता हासिल गरेका छन् ।

यस निर्वाचनले नयाँ नेतृत्वलाई अघि ल्याएको छ र धेरै पुराना सांसदहरूले आफ्नो सीट गुमाएका छन् ।

बेलायती सञ्चारमाध्यमहरूले ऋषि सुनकले हार बेहोर्नुको मुख्य कारण कन्जरभेटिभ पार्टीप्रतिको जनताको असन्तुष्टि रहेको जनाएका छन् ।

विशेषगरी कोभिड-१९ महामारीका बेला सामाजिक दूरी मापदण्ड उल्लङ्घन गरेको प्रकरण (जसलाई 'पार्टीगेट' भनिन्छ) र अन्य काण्डहरूले कन्जरभेटिभ पार्टीको लोकप्रियता घटाएको थियो ।

यसका साथै आर्थिक मन्दी र सामाजिक सेवामा कटौतीको नीतिले पनि जनताको समर्थन कम गराएको थियो । लेबर पार्टीले यी मुद्दाहरूलाई चुनावी अभियानमा प्रभावकारी रूपमा उठाएर जनताको विश्वास जित्न सफल भयो ।

सुनक प्रधानमन्त्रीसँगै कन्जरभेटिभ पार्टीका अध्यक्ष पनि हुन् । उनी पार्टीको नेता र प्रधानमन्त्रीको रूपमा कार्यरत थिए ।

तर, यो निर्वाचनमा उनको पार्टीले नराम्रोसँग हार बेहोर्यो । यससँगै  सरकारबाट सुनकले हात धुनुपरेको छ ।

२०१५ मा पहिलोपटक सांसद बनेका सुनकले २०२० मा चान्सलर अफ एक्सचेकरको पद सम्हालेका थिए र २०२२ मा पार्टीको नेता तथा प्रधानमन्त्री बनेका थिए ।

पार्टीका अध्यक्षको रूपमा उनले विभिन्न आर्थिक नीति तथा सामाजिक सेवामा सुधारको प्रयास गरेका थिए, तर विभिन्न विवादहरूले गर्दा पार्टीले जनताको विश्वास गुमायो ।

यो निर्वाचनमा लिबरल डेमोक्रेट्सले ७० सीट जितेको छ भने रिफर्म युके पार्टीले जम्मा ४ सीट जितेको छ ।

कन्जरभेटिभ पार्टीका धेरै शीर्ष नेताहरूले आफ्नो सीट गुमाएका छन्, जसमा ऋषि सुनक समेत परेका हुन् ।

यो परिणामले ब्रिटेनको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्याउने ठानिएको छ ।

लेबर पार्टीले अब नयाँ सरकार बनाउने छ र कन्जरभेटिभ पार्टी विपक्षमा बस्नुपर्नेछ ।

सन् २०१९ को निर्वाचनमा तत्कालीन बोरिस जोनसन नेतृत्वको कन्जरभेटिभ पार्टीले ३ सय ६५ सीट ल्याएर बहुमत प्राप्त गरेको थियो ।

उक्त निर्वाचनमा जम्मा २ सय ३ सीट ल्याएको लेबर पार्टी अहिले करिब दुईतिहाइ मतसहित सरकार बनाउने अवस्थामा छ ।

बेलायतभरका ६५० निर्वाचन क्षेत्रका मतदाताहरूले पहिलो हुने निर्वाचन प्रणालीमार्फत तल्लो सदन हाउस अफ कमन्समा सदस्यहरू चयन गर्नेछन् ।

हाउस अफ कमन्समा बहुमत प्राप्त गर्नका लागि एउटा पार्टीले कम्तीमा ५० प्रतिशत सीट जित्नुपर्छ । त्यसपछि राजा चार्ल्सले सरकार गठन गर्न आग्रह गर्नेछन् ।

संसदको माथिल्लो सदन हाउस अफ लर्ड्सका सदस्यहरू भने निर्वाचित होइन, उनीहरूको नियुक्ति गरिन्छ ।

अबको हुनेवाला प्रधानमन्त्रीका रूपमा उदाएका कियर स्टारमर २०२० अप्रिलदेखि लेबर पार्टीको अध्यक्ष पदमा कार्यरत छन् ।

२०१५ देखि होलबर्न र सेन्ट पैनक्रसका सांसद रहेका स्टारमर राजनीतिमा प्रवेश गर्नुभन्दा अघि मानव अधिकार विषयमा विशेषज्ञ वकिल थिए ।

एजेन्सीहरूको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्