०८ असार २०८३, सोमबार

सुन किन्नेभन्दा बेच्ने बढी, बैंकमा थुप्रियो सुन

साउन ३, २०८१
काठमाडौं
सुन किन्नेभन्दा बेच्ने बढी, बैंकमा थुप्रियो सुन

बजारमा निरन्तर सुनको मूल्य बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पनि पुुराना गहना बेच्ने ग्राहक बढी आउन थालेका छन् । 
नेपाल सुनचाँदी महासङ्घका महासचिव डम्बरसुुन्दर वज्राचार्यले सुनको मूल्य बढ्दै गएपछि कारोबार दैनिक पाँच केजीमा सीमित भएको बताए ।

उनले भने, “कोभिडका कारण शिथिल बनेको अर्थतन्त्रमा उपभोक्ताको क्रयशक्ति बढ्न सकेको छैन, लगातार मूल्य बढ्दा उपभोक्ता
र व्यवसायी दुवैलाई असर परेको छ ।” बजारमा सुनको माग नहुुँदा बैङ्कसँग १७० केजीभन्दा बढी सुन मौज्दात रहेको उनको भनाइ छ ।

वाणिज्य बैङ्कहरूले सुुन ल्याएर व्यवसायीलाई बेच्ने गरेका छन् । नेपाल राष्ट्र बैङ्कले दैनिक २० केजीका दरले सुनको आयात गर्ने कोटा निर्धारण गरेको छ । बजारमा सुनको माग न्यून हुुँदा बैङ्क र व्यवसायीसँग पनि सुनको मौज्दात छ ।गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्