२७ असार २०८३, शनिबार

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड

साउन ३, २०८१
काठमाडौं
माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो नियोन क्रेडिट कार्ड

माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा दिने उद्देश्यका साथ नेपाली रुपैयाँ र अमेरिकी डलरमा नियोन क्रेडिट कार्डको सुविधा सञ्चालनमा ल्याएको छ ।  

हाल नेपाली बैंकिङ उद्योगमा नै पहिलोपटक यस्तो सुविधा ल्याइएको बैंकले जनाएको छ ।

आधुनिक जीवनशैली अपनाउने ग्राहक तथा देश–विदेश यात्रा गर्ने वर्गलाई लक्षित गरी यो सेवा सञ्चालनमा ल्याइएको बैंकद्वारा बिहीवार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नियोन क्रेडिट कार्ड बजारमा उपलब्ध अन्य प्रकारका कार्डभन्दा भिन्न देखिन्छ । यो भिसाद्वारा सञ्चालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम हो,’ विज्ञप्तिमा उल्लेख छ । 

नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले नेपालभरका विभिन्न ३५० भन्दा बढी मर्चेन्टमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यासब्याक अफरहरू प्राप्त गर्न सक्नेछन् ।

साथै पाँच हजार रुपैयाँ वा सो बराबरको ट्याप एन्ड पे (क्यासलेस) कारोबार गर्न पनि सक्ने बैंकले जनाएको छ ।

डिजिटल बैंकिङ्गको दुनियाँमा माछापुच्छ्रेले बैंकको नियोन क्रेडिट कार्डमार्फत ग्राहकलाई नौलो स्वादको अनुभूति दिलाउनेमा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए ।

‘हामी नियोन क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौं,’ उनले भने, ‘जसले हाम्रा ग्राहकका नवीनतम् आकांक्षा सम्बोधन हुन विश्वास छ । साथै सुरक्षित एवं आधुनिक प्रविधिमैत्री भुक्तानीका माध्यमबाट सदैव उनीहरूका आकांक्षाको सम्बोधन गरिने हाम्रो प्रयासलाई झल्काउँछ ।’ 

salt training

कमेन्ट गर्नुहोस्