२४ जेठ २०८३, आइतबार

गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरू पूर्णिमा

साउन ६, २०८१
काठमाडौं
गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइयो गुरू पूर्णिमा

प्राचीन गुरूकुल परम्पराबाट सुरू भएको गुरू पूर्णिमा पर्व आज गुरूप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ ।

प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन जस्तै आज पनि गायत्री, दीक्षा, वेदमन्त्र सुनाउने र शिक्षा दिने गुरूजनप्रति सम्मान भाव प्रकट गरी मनाइएको हो । यस पर्वमा ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको नाश गराउने व्यक्ति ‘गुरू’ प्रति विशेष आदर गर्ने परम्परा छ । ‘गु’ को अर्थ अन्धकार र ‘रू’ को अर्थ प्रकाश भनेर बुझिन्छ ।

सोहीअनुसार गुरूलाई सम्मान गरिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख छ । यसर्थमा अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरू भनिन्छ । यस्ता गुरूलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रूपमा मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको छ–
गुरुर्ब्रह्मा गुरुर्विष्णु  गुरुर्देवो  महेश्वर: । 
गुरुः साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम: ।।

अर्थात् गुरू ब्रह्मा, विष्णु र गुरु महेश्वर हुन्, गुरू साक्षात् पर ब्रह्म हुन्, यस्ता गुरूलाई नमस्कार छ । माता पिताजस्तै गुरूलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ अर्थात् गुरू देवता समान हुन् भनिन्छ ।

गुरू पूर्णिमाका अवसरमा आज विभिन्न विद्यालय एवं सङ्घ संस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने सबैप्रति श्रद्धाभाव प्रकट गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्