०७ साउन २०८३, बिहीबार

कथाकार गोपी मैनालीको ‘विशृङ्खलित सपना’ शनिबार लोकार्पण हुने

साउन ११, २०८१
काठमाडौं
कथाकार गोपी मैनालीको ‘विशृङ्खलित सपना’ शनिबार लोकार्पण हुने

नेपाली वाङ्‍मयमा अलग्गै विशिष्ट स्थान बनाएका वरिष्ठ साहित्यकार गोपी मैनालीको कथासङ्ग्रह 'विशृङ्खलित सपना' लोकार्पण हुने भएको छ ।

यही साउन १२ गते शनिबार (भोलि) काठमाडौंमा विशेष समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति कवि वैरागी काइँलाले उक्त कथासङ्ग्रहको लोकार्पण गर्नेछन् ।

निजात्मक निबन्धमा लक्ष्मीप्रसाद देवकोटा र शंकर लामिछाने पछि शीर्ष पहिचान भएका मैनालीका अवसाद अभिनयी, अपेक्षा र अनुभूति र घाउ आफैंलाई दुख्छ निबन्ध सङ्ग्रह, आँखाभरि रमिता मनभरि बेदाना नियात्रा साहित्य र युगकवि सिद्धिचरण : कृति र प्रवृत्ति विश्लेषण, अभिव्यञ्जना यात्राप्रति र रमेश विकल : समालोचनात्मक अन्वेषण समालोचनाहरू प्रकाशित भइसकेका छन् ।

आफ्ना सिर्जनामा आफ्नै समालोचकीय मान्यताको प्रयोग गर्ने मैनालीको प्रवृत्ति छ ।

निबन्धमा कल्पना, चिन्तन र भावको निबन्ध उच्छाल उरल्ने र समालोचनालाई सिर्जनामाथिको सिर्जना भनी कला मूल्य र प्रयोगको सापेक्ष्यमा आयामिक विवेचना गर्ने मैनालीको कथाले कस्तो स्वाद पस्कने हो, पाठकहरू त्यसको व्यग्र प्रतीक्षामा छन् ।

salt training

कमेन्ट गर्नुहोस्