२९ जेठ २०८३, शुक्रबार

डोल्पाको जगदुल्लामा स्थानीय पाठ्यक्रम लागू

साउन १३, २०८१
काठमाडौं
डोल्पाको जगदुल्लामा स्थानीय पाठ्यक्रम लागू

डोल्पा- जिल्लाकाे जगदुल्ला गाउँपालिकाका सबै विद्यालयमा स्थानीय पाठ्यक्रम लागू भएको छ । गाउँपालिकाभित्रका आधारभूत तहको कक्षा १ देखि ५ सम्म ‘हामी, हाम्रो जगदुल्ला गाउँपालिका’ नामको स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गरिएको हो । 

पालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख गोपाल बुढाका अनुसार  पाठ्यक्रमले स्थानीय भेषभुषा, कला, संस्कृति, रहनसहन, पर्यटन, जीवनशैलीलगायत विविध पक्षलाई समेटेको छ ।

साथै पुराना कला, संस्कृतिलाई संरक्षण, सम्भावनाको पहिचान तथा प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बुढाले बताए । पाठ्यक्रमको साप्ताहिक पाठ्यघण्टा पाँच र वार्षिक कार्यघण्टा एक सय ६० र तथा पूर्णाङ्क १०० निर्धारण गरिएको छ । –रासस–

salt training

कमेन्ट गर्नुहोस्