०५ साउन २०८३, मंगलबार

कुमारी बैंक र डीआई स्किन हस्पिटल तथा डीआई डेन्टल केयरबीच सम्झौता

साउन १६, २०८१
काठमाडौं
कुमारी बैंक र डीआई स्किन हस्पिटल तथा डीआई डेन्टल केयरबीच सम्झौता

कुमारी बैंक लिमिटेड र गोल्फुटार, काठमाडौंस्थित डीआई स्किन हस्पिटल तथा डीआई डेन्टल केयर प्रालिबीच सम्झौता भएको छ ।

समझदारीअनुसार बैंकका ग्राहकले हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने छन् ।

स्किन हस्पिटल र डीआई डेन्टल केयरबाट सेवा लिए बापतको भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरमार्फत गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सकिनेछ ।

यस सुविधाबाट सेवाग्राहीले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभसमेत लिन सक्ने बैंकले जनाएको छ ।

विगत २२ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५१ एक्स्टेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्