३१ जेठ २०८३, आइतबार

‘होस्टेल ३’ बाट फिल्ममा डेब्यु गर्दै ‘माग्ने बुढा’का छोरा आशिष

साउन १९, २०८१
काठमाडौं
‘होस्टेल ३’ बाट फिल्ममा डेब्यु गर्दै ‘माग्ने बुढा’का छोरा आशिष

निर्माणाधीन नेपाली चलचित्र 'होस्टेल ३’ले छायाङ्कनअगावै रिलिज मिति घोषणा गरेको छ । भदौ २१ गते छायाङ्कनमा जान लागेको चलचित्र आगामी फागुन १६ गते रिलिज गर्ने निर्णय भएको निर्देशक सशान कँडेलले बताए।

यसअघि प्रमुख भूमिकामा 'कुल ब्वाय' अर्थात् पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन् । अब यो चलचित्रमा अर्को प्रमुख भूमिकामा नयाँ पात्रको प्रवेश भएको छ, उनी हुन् आशिष घिमिरे । आशिष ‘माग्ने बुढा’को नामबाट परिचित प्रसिद्ध कलाकार केदार घिमिरेका छोरा हुन् । 

आशिषले बाल्यकालमा चर्चित हास्य टेलि शृङ्खला ‘मेरी बास्सै’मा आफ्नै पितासँग ‘धुन्धुकारी’ नामक छोराको भूमिकामा अभिनय गरेका थिए । उनी सो शृङ्खलामा निकै चर्चित थिए ।

यस्तै, ‘होस्टेल ३’मा अर्की कलाकार हेना नगरकोटी पनि अनुबन्धित भएकी छन् । हेना थियटर पृष्ठभूमिबाट चलचित्रमा प्रवेश गरेकी हुन् । उनले एक्टर स्टुडियोमा लामो समय नाटक गरेकी छन् भने वेब सिरिजहरू ‘खेल’ र ‘साहु बा’मा पनि अभिनय गरेकी छन् । चलचित्र ‘बाइरोड’मा समेत उनले अभिनय गरेकी छन् ।

'होस्टेल ३'को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको कथा भने निर्देशक कँडेलले नै लेखेका हुन् । ‘होस्टेल ३’लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ । यसका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्